उत्पादनमा आएको ७ महिनामै फेरी बन्द भयो पल्सर १८०

काठमाडौं–बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल पल्सर १८० लाई भारतीय बजारबाट पुनः हटाएको छ । कम्पनीको आधिकारिक वेबसाइटबाट यो मोडल हटाइएसँगै यसको बिक्री बन्द भएको हो ।

बजाजले सन् २०२२ मा पहिलोपटक पल्सर १८० को बिक्री बन्द गरेको थियो । त्यसको चार वर्षपछि अप्रिल २०२६ मा नयाँ अपडेटसहित पुनः बजारमा ल्याइएको यो मोटरसाइकल सात महिनामै फेरि बन्द भएको हो ।

मोटरसाइकलमा अल एलईडी लाइटिङ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी र यूएसबी चार्जिङ पोर्टजस्ता सुविधा थिए । सुरक्षाका लागि अगाडि २८० एमएम र पछाडि २३० एमएम डिस्क ब्रेकसँगै एबीएस दिइएको थियो ।

यसमा १५ लिटर क्षमताको इन्धन ट्यांकी थियो भने यसको तौल १५६ किलोग्राम रहेको थियो ।

भारतीय बजारमा यसको बिक्री लगातार घट्दै जानु मोडल बन्द हुनुको प्रमुख कारण मानिएको छ । साथै, कम्पनीले नयाँ पुस्ताका पल्सर १२५, पल्सर १५० तथा एन१६० सिरिजका मोटरसाइकलमा ध्यान केन्द्रित गर्न थालेको छ ।

सन् २००१ मा पहिलोपटक सार्वजनिक भएको पल्सर १८० ले भारतीय मोटरसाइकल बजारमा लामो समयसम्म आफ्नो छुट्टै पहिचान बनाएको थियो ।

पल्सर १८० नेपाली बजारमा समेत लोकप्रिय बनेको मोटरसाइकल हो । भारतमा उत्पादन बन्द भएसंगै यसको नेपाल आयात समेत रोकिने छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...