चीनमा नयाँ एट्टो१ को डेलिभरी सुरु, नेपालमा प्रतिक्षा

काठमाडौं–बीवाईडीले आफ्नो नयाँ कार एट्टो१(चिनियाँ बजारमा सिगल) ग्राहकलाई हस्तान्तरण गर्न सुरु गरेको छ । बीवाईडीका अध्यक्ष तथा सीईओ वाङ छुआनफुले नयाँ पुस्ताको एट्टो१ ग्राहकलाई हस्तान्तरण गरेका हुन् ।

चीनको हेनान प्रान्तस्थित साङ्चिउमा रहेको बीवाईडीको ओसन सिरिजको डिलरशिपमा उनले नोभेम्बर १३ मा ग्राहकलाई आफैँ गाडीको चाबी हस्तान्तरण गरेका हुन् ।

बीवाईडीले नयाँ पुस्ताको एट्टो१ सार्वजनिक गरेको केही समयपछि अध्यक्ष आफैँ ग्राहकलाई गाडी हस्तान्तरण गर्न पुगेका हुन् ।

बीवाईडीले अक्टोबर २० मा सार्वजनिक गरेको दोस्रो पुस्ताको एट्टो१ मा डिजाइन, आकार र प्राविधिक पक्षमा उल्लेख्य परिवर्तन गरेको छ ।

नयाँ सिगलको लम्बाइ ४ हजार २०५ एमएम, चौडाइ १ हजार ८१० एमएम र उचाइ १ हजार ५७० एमएम छ। यसको ह्विलबेस २ हजार ६५० एमएम पुगेको छ । अघिल्लो मोडलको तुलनामा यो ४२५ एमएम लामो बनेको छ ।

नयाँ मोडलमा चार सिटको सट्टा पाँच सिट राखिएको छ । फ्रन्ट ह्विल ड्राइभको सट्टा रियर ह्विल ड्राइभ प्रणाली दिइएको छ भने पछाडि मल्टी लिंक सस्पेन्सन प्रयोग गरिएको छ ।

यसमा ८५ किलोवाट र ९५ किलोवाट क्षमताका दुई मोटर विकल्प उपलब्ध छन् । ब्याट्री क्षमताअनुसार यसले एकपटकको फुल चार्जमा सीएलटीसी परीक्षणअनुसार ३२० किलोमिटर र ४२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।

नयाँ सिगलको मूल्य चीनमा ६५ हजार ९०० युआनदेखि ९९ हजार ९०० युआनसम्म तोकिएको छ । यसको टप भेरियन्टमा लिडार र बीवाईडीको डाइपाइलट ३०० ड्राइभर असिस्टेन्स सिस्टमसमेत उपलब्ध छ ।

सिगलमा गरिएको नयाँ परिवर्तनले यसलाई प्रतिस्पर्धी बनाउने अपेक्षा गरिए पनि चिनियाँ बजारमा जिली ईएक्स२ को बढ्दो लोकप्रियता बीवाईडीका लागि चुनौती बनेको छ ।

एट्टो१ नेपाली बजारमा समेत निकै लोकप्रिय बनेको ह्याचब्याक कार हो । चीनमा यसको नयाँ पुस्ताको बिक्री सुरु भएसंगै यसले नेपाली उपभोक्ताको समेत ध्यान खिच्न सफल भएको छ । नेपाली बजारका लागि प्रतिक्षित बनेको नयाँ एट्टो१ अवको केही समयपछि भित्रिने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...