एथर अपग्रेड फेस्टिभल सुरु हुँदै, स्कुटर खरिदमा एक लाखसम्म क्यासब्याक
काठमाडौं – नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले...
काठमाडौं–भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । कम्पनीले सन् २०२६ मा मात्रै ३ लाखभन्दा बढी इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । यो उपलब्धि हासिल गर्ने एथर भारतको तेस्रो कम्पनी बनेको छ ।
बाहन पोर्टलको तथ्यांकअनुसार एथरले जनवरी १ देखि नोभेम्बर ६, २०२६ सम्म ३ लाख १ हजार १३३ युनिट स्कुटर बिक्री गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६७ प्रतिशतले बढी हो । यससँगै भारतीय इलेक्ट्रिक दुईपांग्रे बजारमा कम्पनीको हिस्सा १६.३२ प्रतिशत पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो ।
यसअघि टीभीएस मोटर र बजाज अटोले सन् २०२६ मा ३ लाख युनिट बिक्रीको आँकडा पार गरिसकेका छन् । हाल टीभीएस ४ लाख ८३ हजार युनिट बिक्रीसहित पहिलो र बजाज ४ लाख १४ हजार युनिटसहित दोस्रो स्थानमा छन्। एथर तेस्रो स्थानमा कायम छ ।
एथरले सन् २०२६ को मार्च महिनामा सबैभन्दा धेरै ३६ हजार ६३० युनिट स्कुटर बिक्री गरेको थियो । कम्पनीले पछिल्लो १३ महिनामा ६ पटक मासिक बिक्री ३० हजार युनिटभन्दा माथि पु¥याएको छ । अक्टोबरमा मात्रै ३१ हजार ९४१ युनिट बिक्री भएको थियो ।
कम्पनीको बिक्री वृद्धिमा रिज्टा र ४५० सिरिजका स्कुटरको महत्वपूर्ण योगदान रहेको छ । अगस्ट २९ मा सार्वजनिक गरिएको नयाँ कोनार्क सिरिजबाट थप बिक्री बढ्ने अपेक्षा गरिए पनि उत्पादन क्षमताको सीमितताले यसको प्रभाव देखिन सकेको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...