नेपथ्यको कन्सर्टमा टीभीएस एनटर्क १५० अनावरण

काठमाडौं–जगदम्बा मोटर्सले नयाँ स्कुटर टीभीएस एनटर्क १५० नेपालमा अनावरण गरेको छ ।

कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको मैदानमा अक्टोबर १० मा आयोजित नेपथ्यको लाइभ कन्सर्टमार्फत अनावरण गरिएको स्कुटरको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

कम्पनीले यसलाई नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा प्रस्तुत गरेको छ । जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र मिश्र र वरिष्ठ मार्केटिङ म्यानेजर करुणा पुडासैनीले संयुक्त रूपमा स्कुटर अनावरण गरेका थिए । कार्यक्रममा स्कुटरको लोमान्थाङसम्मको यात्रासम्बन्धी भिडियोसमेत प्रदर्शन गरिएको थियो ।

टीभीएस एनटर्क १५० मा १४९.७ सीसी क्षमताको तीन भल्भयुक्त इन्जिन छ । यसले १३.२ पीएस पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार स्कुटरले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमा लिन सक्छ भने यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा छ ।

स्कुटरमा ट्रयाक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस तथा स्ट्रिट र रेस गरी दुई राइडिङ मोड उपलब्ध छन् । यी सुविधाले राइडिङलाई थप सुरक्षित र सहज बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ ।

एनटर्क १५० मा हाइब्रिड टीएफटी–एलसीडी डिस्प्ले र स्मार्ट कनेक्टिभिटी सुविधा दिइएको छ । आकर्षक डिजाइन, शक्तिशाली इन्जिन र आधुनिक प्रविधिलाई प्राथमिकता दिने युवा राइडरलाई लक्षित गरी स्कुटर ल्याइएको कम्पनीले जनाएको छ ।

यो स्कुटर स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रङमा उपलब्ध हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...