यामाहा ब्लु फेस्टमा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
काठमाडौं–यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं–यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइडस प्रालिले नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को उपलब्धता देशव्यापी रूपमा २० वटा क्षेत्रीय शोरूमहरूमा विस्तार गरेको छ ।
यामाहाको मूल मर्म ‘बिल्ट ऑन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’ लाई आत्मसात् गर्दै आएको यस मोटरसाइकलमा भिभीए प्रविधिको १५५ सिसी लिकुइड–कुल्ड इन्जिन र ६–स्पीड गियर ट्रान्समिसन जडान गरिएको छ, जसले दैनिक यात्रा तथा हाइवे राइडमा उत्कृष्ट माइलेजका साथै भरपर्दो पावर र उच्च गतिमा स्थिरता प्रदान गर्दछ ।
हाल बजारमा उपलब्ध ब्ल्याक, ग्रे र रेड रङका अतिरिक्त ग्राहकहरूको मागलाई ध्यानमा राख्दै कम्पनीले यो नयाँ ब्लु भेरियन्ट बजारमा ल्याएको हो ।
५ लाख ३४ हजार ९०० रुपैयाँ मूल्य तोकिएको यस किफायती भेरियन्टले धेरैभन्दा धेरै राइडरहरूलाई मौलिक नियो–रेट्रो मोटरसाइकल खरिद गर्न सहज बनाउने विश्वास कम्पनीले लिएको छ ।
क्षेत्रीय विस्तारको यस अवसरमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले राइडरहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र नयाँ रङको स्पष्ट मागलाई सम्बोधन गर्न यो महत्त्वपूर्ण कदम चालिएको बताए ।
क्षेत्रीय ग्राहकहरू यामाहाको बढ्दो समुदायको प्रमुख हिस्सा भएको उल्लेख गर्दै उनले भने, ‘यस क्षेत्रीय विस्तारले स्थानीय राइडरहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने र देशव्यापी रूपमा एक्सएसआर प्रयोगकर्ताहरूको समुदायलाई विस्तार गर्ने विश्वास लिएका छौँ।’
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...