युलेन्स स्कुललाई ४० वटा सीएचटीसी ब्रान्डका इलेक्ट्रिक भ्यान हस्तान्तरण

काठमाडौं–नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार भइरहेका बेला युलेन्स स्कुलले आफ्नो यातायात सेवामा ४० वटा इलेक्ट्रिक भ्यान थपेको छ ।

इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा सक्रिय दिगोले विद्यालयलाई १६ सिट क्षमताका सीएचटीसी ब्रान्डका इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको हो ।

शुक्रबार आयोजित कार्यक्रममा निर्माता कम्पनीका प्रतिनिधि झु सियानसोंगले दिगो र युलेन्स स्कुलका प्रतिनिधिहरूको उपस्थितिमा भ्यानहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

विद्यालयका विद्यार्थीको दैनिक आवतजावतलाई सहज, सुरक्षित र वातावरणमैत्री बनाउने उद्देश्यले यी विद्युतीय भ्यान प्रयोगमा ल्याउन लागिएको हो । १६ सिट क्षमताका यी भ्यानले परम्परागत इन्धनबाट चल्ने सवारीसाधनको तुलनामा सञ्चालन खर्च घटाउन, प्रदूषण कम गर्न र शान्त यात्राको अनुभव प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

४० वटा इलेक्ट्रिक भ्यान आफ्नो यातायात फ्लीटमा समावेश गरेसँगै युलेन्स स्कुलले विद्यालय यातायातलाई विद्युतीय प्रणालीतर्फ रूपान्तरण गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ । यसले विद्यालयको दैनिक यातायात सञ्चालनलाई प्रभावकारी बनाउनुका साथै वातावरणीय प्रभाव न्यूनीकरणमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यस अवसरमा दिगोका ग्रुप सीईओ सौरब श्रेष्ठले युलेन्स स्कुललाई ४० वटा सीएचटीसी इलेक्ट्रिक भ्यान हस्तान्तरण गर्नु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । विद्यालयले दिगोमाथि देखाएको विश्वासले नेपालमा विद्युतीय मोबिलिटी र समग्र ईभी इकोसिस्टम विकासका लागि कम्पनीले गरिरहेको प्रयासलाई थप प्रोत्साहन मिलेको उनको भनाइ छ ।

उनले स्वच्छ मोबिलिटीतर्फ उल्लेन्स स्कुलले अघि बढाएको यात्रामा सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।

त्यस्तै, युलेन्स स्कुलकी प्रधानाध्यापक एकता सिंह राणाले इलेक्ट्रिक भ्यानको समावेश विद्यालयको यातायात सेवालाई थप प्रभावकारी र वातावरणप्रति जिम्मेवार बनाउने प्रयासको महत्वपूर्ण हिस्सा भएको बताइन् ।

स्वच्छ र दिगो यातायात प्रणाली विकास गर्ने लक्ष्यसहित दिगोसँग सहकार्य गर्न पाउँदा खुसी लागेको उनले उल्लेख गरिन् ।

दिगोले नेपालमा कमर्सियल इलेक्ट्रिक सवारीसाधन, चार्जिङ पूर्वाधार, ईभी रेन्टल फ्लीट, प्रविधिमा आधारित मोबिलिटी सेवा तथा बिक्रीपछिको सेवा र सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...