यस्तो छ सार्वजनिक सवारीको नयाँ भाडादर, ईभीमा पुरानै दर

काठमाडौं - यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको पछिल्लो भाडा दर सार्वजनिक गरेको छ । यसअघि १८ असार २०८३ मा भाडा समायोजन गरिएको थियो ।

आजदेखि दसैं लक्षित गरी अग्रिम बुकिङ खुला भएसँगै विभागले भाडा दरसमेत सार्वजनिक गरेको छ । तर, विद्युतीय सवारीसाधन (ईभी) का हकमा भने यो सूचीभन्दा पनि अघिल्लो पटक २०८१ सालमा तोकिएको भाडा दर नै कायम छ ।

सरकारले यस वर्ष दुई पटक भाडा समायोजन गरिसकेको छ । जसमध्ये १२ वैशाखमा भाडा उल्लेख्य बढेको थियो ।

इन्धन मूल्य घटेपछि १८ असारमा भने २ प्रतिशतका दरले भाडा घटाएर नयाँ मूल्य समायोजन गरिएको थियो । सोही दर आज विभागले सार्वजनिक गरेको हो ।

विभागका अनुसार तराई र पहाडी बाटोमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाडा दरमा परिमार्जन गरिएको छ । तराईको लामो दूरी (२५० कि.मि. भन्दा बढी) पक्की र ग्राभेल बाटोमा प्रति कि.मि. प्रति व्यक्ति रु. २.९३ कायम गरिएको छ भने २५ देखि २५० कि.मी. सम्मको दूरीमा रु. ३.०० तोकिएको छ । त्यसैगरी, काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ खण्डका लागि प्रति कि.मि. रु. ३.२४ कायम गरिएको विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयबाट डिलक्स सुविधा लिएको प्रमाणित भएका सवारी साधनले तोकिएको सामान्य भाडा दरमा २० प्रतिशत र सुपर डिलक्स सुविधा लिएका सवारी साधनले डिलक्सको भाडा दरमा थप २० प्रतिशत रकम जोडेर लिन सक्नेछन् ।

यात्रुवाहक सवारीसँगै मालवाहक सवारी (ट्रक) को पनि भाडा समायोजन भएको छ । तराईतर्फ प्रति किलोमिटर प्रति टन रु.७.७२ र पहाडतर्फ रु. १४.७७ कायम गर्दै १० टन क्षमतालाई आधार मानेर विभागले रुटगत भाडा दर समेत तोकेको छ ।

जसअनुसार वीरगञ्ज–काठमाडौँ (पहाडी बाटो) को ट्रक भाडा रु. ३१,४४६ र भैरहवा–काठमाडौँको भाडा रु. ३२,१४१ तोकिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...