विद्युतीय गाडीको इतिहास : १९ औँ शताब्दीको प्रविधिबाट आधुनिक क्रान्तिसम्म

आज विश्वभर विद्युतीय सवारी साधन (ईभी को प्रयोग तीव्र रूपमा बढिरहेको छ । धेरैलाई लाग्न सक्छ बिजुलीबाट चल्ने गाडीहरू पछिल्लो समय वा टेस्लाको सफलतापछि मात्रै आएका नयाँ आविष्कार हुन् । तर वास्तविकता अर्कै छ; विद्युतीय गाडीको इतिहास करिब दुई सय वर्ष पुरानो छ ।

सुरुवाती चरण र पहिलो मोडल
सवारी साधनको सुरुवातमा पेट्रोलभन्दा पहिले बाफ प्रविधिको प्रयोग हुने गर्दथ्यो । सन् १८२७ मा हंगेरीका आविष्कारक एनिओस जेडलिकले पहिलो पटक प्रत्यक्ष करेन्ट (डीसी) बाट चल्ने मोटरको डिजाइन तयार गरे र १८२८ मा त्यसलाई सानो ह्विल भएको बोर्डमा राखेर पहिलो नमुना बिजुली गाडी बनाए ।

यस्तै, स्कटल्यान्डका रोबर्ट एन्डरसनले सन् १८३२ देखि १८३९ को बीचमा पहिलो पटक मानिस बोक्न सक्ने बिजुलीको बग्गी बनाएका थिए । पछि सन् १८८४ मा बेलायतका थोमस पार्कर र १८८८ मा जर्मनीका एन्द्रियास फ्लोकेनले ‘फ्लोकेन इलेक्ट्रोवागेन’ नाम दिइएको कार बनाए, जसको गति ९ माइल प्रतिघण्टा थियो ।

२० औँ शताब्दीको सुरुवात र ब्याट्री स्वापिङ प्रविधि
सन् १८९० को दशकसम्म पुग्दा अमेरिका र युरोपका ठूला सहरहरूमा बिजुली गाडीहरूको दबदबा सुरु भइसकेको थियो । सन् १८९९ सम्ममा न्युयोर्क सहरमा १०० भन्दा बढी विद्युतीय ट्याक्सीहरू सञ्चालनमा थिए ।

त्यतिबेलै प्रयोगमा आएको ‘इलेक्ट्रोब्याट’ नामको ट्याक्सीले १५ माइल प्रतिघण्टाको गतिमा २५ माइलसम्मको दूरी तय गर्न सक्दथ्यो । अचम्मको कुरा त के छ भने, आज आधुनिक गाडीहरूमा प्रयोग गर्न खोजिएको ‘ब्याट्री स्वापिङ’ प्रबिधी त्यतिबेलै न्युयोर्कका ट्याक्सीहरूले ३ मिनेटमै सम्पन्न गर्ने गर्दथे ।

प्रविधिको पुनः आगमन
२० औँ शताब्दीको मध्यतिर सस्तो इन्धन र इन्जिन गाडीहरूको तीव्र विकासका कारण विद्युतीय गाडीहरू ओझेलमा परेका थिए । तर वातावरणीय चुनौती र प्रविधिको विकाससँगै दुई शताब्दी पुरानो यो प्रविधीको अवधारणा आज विश्वव्यापी अटोमोबाइल उद्योगको मुख्य भविष्य बनेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...