कनेक्टेड कार र डाटा गोपनीयता, कहाँ जाँदैछ हाम्रो व्यक्तिगत विवरण ?

काठमाडौं–आजको आधुनिक प्रविधिको युगमा इन्टरनेटसँग जोडिएका उपकरणहरू हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेका छन् । तर, जीवन सहज र सुविधाजनक बनाउने नाममा हाम्रा व्यक्तिगत गोपनीयता भने गम्भीर जोखिममा पर्दै गएको छ ।

पछिल्लो समय गाडीहरूमा बढ्दो ‘कनेक्टेड कार’ प्रविधिको प्रयोगले चालकको ड्राइभिङ शैली र गाडीको अवस्था मात्र नभई उनीहरूको अति व्यक्तिगत विवरणसमेत संकलन गरिरहेको पाइएको छ ।

अमेरिकाको नर्थइस्टर्न युनिभर्सिटी र कन्ज्युमर रिपोट्र्सले हालै १९ वटा गाडी निर्माता कम्पनीका २१ मोडल र ३० वटा मोबाइल एपहरूमाथि गरेको विस्तृत अनुसन्धानले निकै चिन्ताजनक तथ्यहरू बाहिर ल्याएको छ । उक्त अध्ययन अनुसार समीक्षा गरिएका ७० प्रतिशतभन्दा बढी एपहरूले विज्ञापन तथा ट्र्याकिङका लागि विभिन्न तेस्रो–पक्ष डोमेनहरूसँग डाटा सेयर गर्ने गरेका छन् ।

विशेष गरी गाडीहरूले औसतमा ९ वटा एकीकृत तेस्रो–पक्ष डोमेनहरूलाई सम्पर्क गर्ने गरेको र एन्ड्रोइड टोली तथा गुगल डोमेनहरूसँग जोडिएका गाडीहरूमा यो दर झनै उच्च रहेको खुलासा भएको छ ।

सबैभन्दा खतराको विषय त के छ भने, धेरैजसो एपहरूले गाडीको निश्चित पहिचान खुल्ने भिन (भेइकल आइडेन्टिफिकेसन नम्वर) सहितका व्यक्तिगत विवरणहरू गुगल, माइक्रोसफ्ट र मेटा जस्ता ठूला प्रविधि कम्पनीहरूलाई पठाउने गरेका छन् ।

मोबाइलको विज्ञापन आइडी जस्तै भिनलाई रिसेट गर्न नमिल्ने भएकाले यसको मद्दतले प्रयोगकर्ताको अनलाइन गतिविधि र खरिद इतिहास सहजै ट्रयाक गर्न सकिन्छ । जब यस विषयमा कार निर्माता कम्पनीहरूसँग जवाफ मागियो, अधिकांश कम्पनीहरूले तेस्रो–पक्षका सर्तहरू पढ्ने र स्वीकार गर्ने जिम्मेवारी ग्राहककै भएको भन्दै पन्छिने प्रयास गरे ।

यतिमात्र नभई, डाटा सेयरिङ बन्द गर्न खोज्दा नेभिगेसन र ओभर–द–एयर अपडेट जस्ता महत्त्वपूर्ण सुविधाहरू नै बन्द गरिदिने धम्की समेत कम्पनीहरूले दिने गरेका छन् । गाडीमा स्मार्टफोन जोड्ने बित्तिकै इन–बिल्ट एपहरूले फोनको ब्राउजिङ विवरणहरूमा पहुँच पु¥याएर प्रयोगकर्तालाई थाहै नदिई ती डाटा अन्यत्र पठाउने गरेकोले अहिले कनेक्टेड कारका प्रयोगकर्ताहरू ठूलो गोपनीयताको जोखिममा परेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...