नयाँ बजाज पल्सर एनएस१२५ को पहिलो झलक सार्वजनिक, नयाँ ग्राफिक्ससँगै एलसीडी डिस्प्ले र स्लिम एलईडी इन्डिकेटर थपिने
बजाजले आफ्नो लोकप्रिय १२५ सीसी मोटरसाइकल पल्सर एनएस१२५ को अपडेटेड संस्करण...
बजाज अटोले पल्सर ब्रान्डको २५औँ वार्षिकोत्सवको अवसर पारेर आफ्नो शक्तिशाली नेकेड स्ट्रिटफाइटर मोटरसाइकल पल्सर एनएस४००जेड लाई नयाँ हाई टेक सुविधासहित अपडेट गरेको छ। कम्पनीले यसमा ५ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोलसहित विभिन्न कनेक्टेड फिचर थपिएको छ । अब कम्पनीले यसको नयँ मूल्य १ लाख ९० हजार भारु निर्धारण गरिएको छ।
यसमा अपडेट गरिएको नयाँ ५ इन्चको टीएफटी डिस्प्लेमा अब गुगल म्याप्सको नेभिगेसन हेर्न सकिनेछ । साथै यसमा यात्राको समयमा स्क्रिनबाट म्युजिक कन्ट्रोल गर्न सकिनेछ र महत्त्वपूर्ण सवारी साधनका कागजात कन्सोलमा डिजिटल रूपमा स्टोरेज गर्न सकिनेछ।
मोटरसाइकलमा ४ वटा राइड मोड र ट्र्याक्सन कन्ट्रोल व्यवस्थापन गर्ने सुविधा पनि छ। यसले सडकको अवस्था र चालकको आवश्यकताअनुसार मोटरसाइकलको परफर्मेन्स र कन्ट्रोललाई अनुकूल बनाउन मद्दत गर्छ। सेफ्टीका लागि अचानक ब्रेक लगाउँदा पछाडिबाट आउने सवारी साधनलाई सचेत गराउने प्यानिक ब्रेक अलर्ट र स्मार्टफोन चार्ज गर्न यूएसबी टाइप सी पोर्टसमेत उपलब्ध गराइएको छ।
नयाँ पल्सर एनएस४००जेड मा ३४९ सीसी क्षमताको ४ भल्भ, डीओएचसी, लिक्विड–कुल्ड इन्जिन दिइएको छ। सो इन्जिनले ९००० आरपीएममा ४० पीएस पावर र ७५०० आरपीएममा ३३ एनएम टर्क उत्पादन गर्छ। यसले मोटरसाइकललाई तीव्र गति र स्पोर्टी राइडिङ अनुभवका लागि उपयुक्त बनाउँछ।मोटरसाइकलमा ६ स्पिड गियरबक्ससँगै क्लच नथिची गियर सार्न मिल्ने बाय डायरेक्शनल क्विकसिफ्टर पनि उपलब्ध छ।
बाइकको फ्रन्टमा ४३ एमएमको अपसाइड डाउन फोर्क सस्पेन्सन दिइएको छ। यसको दुवै पाङ्ग्रामा डिस्क ब्रेक, ड्युअल च्यानल एबीएस, ट्र्याक्सन कन्ट्रोल र रेडियल टायर उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...