अपाचे रेस जीपीको पहिलो क्वालिफायर राउन्ड भोलि बुटवलमा, विजेताले अन्तर्राष्ट्रिय रेसमा भाग लिन पाउने
काठमाडौं–टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...
टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय मोटरसाइकल राइडर १२५ मा पुनः अपडेट गरेको छ। कम्पनीले सन् २०२६ को अप्रिलमा सो मोटरसाइकललाई अपडेट गरेको थियो।
नयाँ अपडेटसँगै टीभीएस राइडर १२५ को मूल्यमा सामान्य वृद्धि गरिएको छ। भारतीय बजारमा यसको मूल्य १ लाख ४ हजार भारु पुगेको छ ।
यस पटक कम्पनीले टीएफटी, डीडी, एसएक्ससी डीडी र एसएसई ट्रिम जस्ता महँगा भेरियन्टहरू अपडेट गरिएको छ । यी मोटरसाइकलमा सबैभन्दा महत्त्वपूर्ण परिवर्तन भनेको ड्युअल च्यानल एबीएस हो ।यसमा नयाँ स्विचेबल ट्रयाक्शन कन्ट्रोल सिस्टम पनि समावेश गरिएको छ । साथै पछाडिको टायर अब ११० सेक्शनबाट बढाएर १२० सेक्शनमा अपग्रेड गरिएको छ। पछाडिको सानो पेटल डिस्क ब्रेकलाई पनि ठुलो डिस्क ब्रेकमा अपग्रेड गरिएको छ।
यसमा डिभाइस चार्जको लागि यूएसबी टाइप-सी पोर्ट पनि समावेश गरिएको छ। भेरियन्टको आधारमा राइडर १२५ मा टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर पनि समावेश गरिएको छ, जसले सबै कनेक्टेड फिचर र नेभिगेसनलाई सपोर्ट गर्छ।
टीभीएस राइडर १२५ मा मेकानिकलमा खासै अपडेट गरिएको छैन । यसको इन्जिनले करिब ११ बीएचपीको पावर र ११ एनएमको टर्क उत्पादन गर्छ, जसलाई ५ स्पिड गियरबक्ससँग जोडिएको छ। यसमा एलईडी हेडलाइट, एलईडी डीआरएल, एलईडी टेललाइट, प्रिमियम स्विचगियर, राइडिङ मोड, स्प्लिट सिट विकल्प, टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि मोनो-शकमा केही परिवर्तन गरेको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...