आईपीओ जारी गर्ने तयारीमा पीएलओ, शेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने
काठमाडौं–पूर्वाञ्चल ल्युब आयल (पीएलओ) ले सर्वसाधारणका लागि छिट्टै साधारण...
काठमाडौं — सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको आफूखुसी स्वरूप परिवर्तन (मोडिफिकेसन) गर्ने र कम गुणस्तरका हेल्मेट तथा सिटबेल्ट जस्ता सुरक्षा उपकरण प्रयोग गर्ने प्रवृत्तिमाथि कडा निगरानी राख्ने भएको छ ।
सङ्घीय संसद्मा पेस गरिएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले यस्ता गतिविधि अनुगमन र नियमन गर्न राष्ट्रिय सडक सुरक्षा परिषद्लाई विशेष कानुनी अधिकार प्रस्ताव गरेको हो ।
विधेयकको दफा २० ले सुरक्षित सवारी साधन तथा यातायात सेवा सुनिश्चित गर्न परिषद्लाई स्पष्ट जिम्मेवारी दिएको छ । यसअन्तर्गत सवारी साधनको संरचना फेरबदल गर्ने कार्यको अनुगमन गर्नुका साथै उत्पादन, पैठारी र बडी बिल्डिङका कार्यलाई कडा नियमनभित्र ल्याइनेछ ।
दुर्घटनामा हुने क्षति कम गर्न बजारमा पाइने मापदण्डहीन हेल्मेट र सिटबेल्टको डिजाइन तथा प्रयोगमा पनि कडाइ गरिने भएको छ । यसले बजारमा पाइने गुणस्तरहीन हेल्मेटका कारण हुने टाउकोको गम्भीर चोट र मृत्युको जोखिम घटाउन निश्चित सुरक्षा मापदण्ड लागू गर्न बाटो खोल्नेछ ।
यसका साथै, सवारीसाधन मर्मत गर्ने वर्कशप तथा कारखानाव्यवस्थापनका लागि पनि निश्चित मापदण्ड तोकी अनुगमन गरिनेछ। सार्वजनिक सवारी साधनको यान्त्रिक र भौतिक अवस्थाको परीक्षण प्रक्रियालाई अझ प्रभावकारी र कसिलो बनाउने तयारी गरिएको छ।
अनुगमनका क्रममा देखिएका कमीकमजोरी र आवश्यक सुधारका विषयमा परिषद्ले नेपाल सरकारलाई सोझै सिफारिस गर्न सक्ने बाध्यात्मक कानुनी व्यवस्थासमेत विधेयकमा समावेश गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...