मारुती सुजुकीका साना र बजेट कारमा पनि एडास फिचर उपलब्ध हुने

सुजुकीले सडक दुर्घटना कम गर्न ठुलो र ऐतिहासिक कदम चाल्ने भएको छ। कम्पनीले आफ्ना भविष्यका सबै कारमा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम सुरक्षा प्रविधि उपलब्ध गराउने योजना बनाइरहेको छ। यस योजनामा सस्तो र बजेट कार पनि समावेश छ।

सुजुकीका प्रमुख प्रविधि अधिकारी कात्सुहिरो कातोले कम्पनीको प्रविधि बैठकमा केही महँगा लक्जरी कारमा मात्र एडास प्रदान गर्नाले सडक दुर्घटना कम नहुने बताए। उनले २०२४ मा भारतमा भएका १.७७ लाखभन्दा बढी सडक दुर्घटनाहरूलाई उद्धृत गर्दै यो निर्णयको आवश्यकताको बारेमा व्याख्या गरे।

कम्पनीले भारतीय सडक र ट्राफिक अवस्थालाई ध्यानमा राखेर कम लागतमा प्रभावकारी एडास सिस्टम विकास गरिरहेको छ। यस अन्तर्गत अटोमेटिक इमरर्जेन्सी ब्रेकिङ र लेन डिपार्चर प्रिभेन्शन जस्ता सेफ्टी फिचर सबै कारमा समावेश गर्ने योजना बनाइएको छ। यद्यपि अतिरिक्त महँगो फिचर भने टप भेरियन्टमा मात्र उपलब्ध गराइनेछ।

कारको मूल्य कम गर्ने उद्देश्यले  कम्पनीले परम्परागत तथा महँगा फ्रन्ट राडार सेन्सरको सट्टा हाई रिजोल्युसन क्यामेरा र एआई चिप प्रयोग गर्नेछ । सो सिस्टमले चालक र यात्रुको गतिविधिको समेत निगरानी गर्न सक्ने कम्पनीको दाबी छ।साथै कम्पनीले सुरक्षालाई थप मजबुत बनाउन हलुका तर बलियो कार बडी विकासमा पनि काम गरिरहेको छ।

सुजुकीले सो नयाँ एडास सिस्टम कुन मोडलमा कहिलेदेखि लागू गरिनेछ भन्ने विषयमा औपचारिक घोषणा गरेको छैन। तर मारुती सुजुकीको किफायती ह्याचब्याक बलेनोमा फेसलिफ्टपछि एडास फिचर उपलब्ध भइसकेको छ। आगामी दिनमा कम्पनीका अन्य साना र बजेट कारमा पनि यस्ता आधुनिक सेफ्टी फिचर विस्तार हुने अपेक्षा गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...