सुजुकीको आगामी १० वर्षको विश्वव्यापी रणनीति, भारतलाई उत्पादन र प्रविधिको मुख्य केन्द्र बनाइने

सुजुकी मोटर कर्पोरेसनले आफ्नो आगामी १० वर्षको विश्वव्यापी प्रविधि रणनीति ‘टेक्नोलोजी स्ट्राटेजी २०२६’ सार्वजनिक गरेको छ ।

भारतलाई आफ्नो उत्पादन, प्रविधि विस्तार र निर्यातको प्रमुख आधार बनाउने घोषणा सहित कम्पनीले आफ्नो नयाँ रणनीति सार्वजनिक गरेको हो ।

सुजुकीले आगामी दशकमा आफ्नो रणनीतिक रूपान्तरण भारतमार्फत अगाडि बढाउने लक्ष्य राखेको छ । आफ्नो कुल वार्षिक राजस्वको ४० प्रतिशतभन्दा बढी र विश्वव्यापी उत्पादन क्षमताको ६० प्रतिशत हिस्सा ओगट्ने भारतीय सहायक कम्पनी मारुती सुजुकी यस योजनाको मूल स्तम्भ हुने बताइएको छ ।

यस दीर्घकालीन मार्गचित्र अनुसार सुजुकीले सन् २०३० सम्ममा भारतमा आफ्नो वार्षिक उत्पादन क्षमता ४० लाख सवारी साधन पु-याउने योजना बनाएको छ ।

यसका साथै कम्पनीले इन्जिनियरिङ र निर्माण प्रक्रियामा डिजिटलाइजेसन तथा मोड्युलराइजेसन अपनाउँदै नयाँ गाडी विकास गर्ने समयलाई आधा घटाउने, विकास दक्षतामा ३० प्रतिशत र उत्पादन दक्षतामा ५० प्रतिशत सुधार ल्याउने उद्देश्य राखेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...