अशोक लेल्याण्डको १९२५ हेभी-ड्युटी टिप्पर नेपाली बजारमा
काठमाडौं–अशोक ल्याण्डको नेपालका लागि आधिकारिक विक्रेता आईएमई मोटर्स...
काठमाडौं - नेपालमा अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्स प्रालिले दशैं तथा तिहारको अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष “दशैं–तिहार चाडपर्वको यात्रा, सुरक्षित र चुस्त बनाऔं” फेस्टिभल सर्भिस क्याम्पेन सञ्चालनमा ल्याएको छ।
२७ सेप्टेम्बरदेखि १६ अक्टोबर २०२६ सम्म सञ्चालन हुने यस २० दिने सर्भिस क्याम्पको आजदेखि औपचारिक सुरुवात गरिएको हो। अभियानअन्तर्गत अशोक लेल्यान्डका देशभर रहेका १४ वटा ग्राहक सेवा केन्द्रमार्फत ग्राहकहरूले विशेष सेवा तथा सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
काठमाडौं उपत्यकामा ग्राहकहरूले बालाजुस्थित अशोक लेल्यान्ड सर्भिस सेन्टरबाट सेवा लिन सक्नेछन् भने उपत्यकाबाहिर धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ, बुटवल, चितवन, पोखरा, हेटौँडा, बर्दिबास, जितपुर, इटहरी, बिर्तामोड र कटारीलगायतका सर्भिस सेन्टरबाट आफूलाई पायक पर्ने स्थानमा सेवा लिन सक्नेछन्।
यस २० दिने सर्भिस क्याम्पमार्फत अशोक लेल्यान्डका २,५०० भन्दा बढी व्यावसायिक सवारीसाधनको प्रभावकारी जाँच तथा मर्मतसम्भार गरिनेछ। अभियानअन्तर्गत ब्रेक एड्जस्टमेन्ट, श्रम शुल्क, बम्पर टु बम्पर चेकअप तथा ईडीसी डायग्नोस्टिक स्क्यानमा १०० प्रतिशत छुट अर्थात् निःशुल्क सेवा उपलब्ध हुनेछ। साथै, पार्ट्स तथा लुब्रिकेन्ट्समा फ्ल्याट १५ प्रतिशत छुट र एड्ब्लुमा विशेष छुट प्रदान गरिनेछ।
यसका अतिरिक्त, चालकहरूका लागि बीएस६ बेसिक ट्रेनिङ अन्तर्गत ड्राइभर अवेर्नेस प्रोग्राम सञ्चालन गरिनेछ। ग्राहकहरूले नियमित मर्मतसम्भार, ड्राइभर ट्रेनिङ तथा ब्याट्री र वायरिङ चेकअप लगायतका विभिन्न सेवासमेत निःशुल्क प्राप्त गर्न सक्नेछन्।
चाडपर्वको समयमा सवारीसाधनको आवागमन तथा व्यावसायिक गतिविधि बढ्ने भएकाले समयमै सवारीसाधनको जाँच तथा प्रिभेन्टिभ मेन्टिनेन्स गरी सुरक्षित, भरपर्दो र सहज सञ्चालन सुनिश्चित गर्न अभियानले विशेष जोड दिएको कम्पनीको भनाइ छ। पछिल्लो समयको मौसम तथा सडकको अवस्थालाई ध्यानमा राख्दै लामो यात्राअघि सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्नु अझ महत्वपूर्ण रहेको आईएमई मोटर्सका बिक्रीपछिको सेवा महाप्रबन्धक सरद मिश्रले बताए। ग्राहकको सहजतालाई थप प्राथमिकता दिँदै अभियान अवधिभर शनिबारसमेत सेवा केन्द्रहरू सञ्चालनमा रहनेछन्।
नेपालमा सन् २०१६ देखि आईएमई मोटर्सले विश्वप्रसिद्ध अशोक लेल्यान्डका सवारीसाधनहरू आधिकारिक रूपमा बिक्री-वितरण गर्दै आएको छ। आईएमई मोटर्समार्फत नेपालभर अशोक लेल्यान्डका हल्का व्यावसायिक सवारीसाधन (एलसीभी), ट्रक, टिपर तथा बसहरू उपलब्ध छन्। मजबुती, विश्वसनीयता, आरामदायी यात्रा तथा उत्कृष्ट इन्धन दक्षताका कारण अशोक लेल्यान्डका सवारीसाधनले नेपालसहित विश्व बजारमा समेत आफ्नो बलियो पहिचान स्थापित गरेका छन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...