सुजुकी गाडीको माइलेज र प्रदर्शन दुवैमा सुधारको तयारी, नयाँ हाइब्रिड र टर्बो प्रविधि ल्याउने

मारुती सुजुकीले आफ्ना गाडीमा ठुलो परिवर्तन ल्याउन सक्ने संकेत दिएको छ। कम्पनीले मिनी गाडीका ४८ भोल्टको हाइब्रिड सिस्टम, कम्प्याक्ट कारका लागि सिरिज हाइब्रिड प्रविधि र प्लग इन रेन्ज एक्सटेन्डर प्रविधि र भारतीय बजारका लागि नयाँ टर्बो पेट्रोल इन्जिन विकासमा काम गरिरहेको छ ।

सुजुकीको ४८ भी पी२ हाइब्रिड सिस्टम विशेषगरी लागत र दैनिक प्रयोगका लागि माइलेज र पिकअप सुधार गर्न डिजाइन गरिएको बताइएको छ। सो प्रविधि भविष्यमा अल्टो र एस–प्रेसोजस्ता मिनि गाडीमा प्रयोग गर्न सकिने सम्भावना छ। यसले हाल पूर्ण हाइब्रिड सिस्टम प्रयोग गर्न महँगो पर्ने साना कारमा पनि हाइब्रिड प्रविधि विस्तार गर्ने बाटो खोल्न सक्छ।

साथै सुजुकीले कम्प्याक्ट कारका लागि सिरिज हाइब्रिड सिस्टम पनि विकास गरिरहेको छ। सो सिस्टममा पेट्रोल इन्जिनले विद्युत् जेनेरेट गर्छ  र इलेक्ट्रिक मोटरले पाङ्ग्रामा पावर पठाउने काम गर्छ । यसबाट पेट्रोल इन्जिनलाई तुलनात्मक रूपमा बढी प्रभावकारी अवस्थामा सञ्चालन गर्दै इन्धन खपत कम गर्ने लक्ष्य राखिन्छ। स्विफ्ट, डिजायर र बलेनोजस्ता कम्प्याक्ट मोडलहरूमा सो प्रविधि प्रयोग हुन सक्ने सम्भावना रहेको छ ।

सुजुकीले सिरिज हाइब्रिड प्रविधिलाई भविष्यमा रेन्ज एक्सटेन्डर इलेक्ट्रिक भेहिकलको अवधारणातर्फ लैजाने योजना पनि अघि बढाइरहेको छ। सो सिस्टममा बाह्य स्रोतबाट ब्याट्री चार्ज गर्न सकिन्छ भने आवश्यक परेको अवस्थामा पेट्रोल इन्जिनले विद्युत् उत्पादन गरेर ब्याट्रीलाई ऊर्जा उपलब्ध गराउन सक्छ। यसले विद्युतीय सवारीजस्तै इलेक्ट्रिक ड्राइभिङ अनुभव दिने र लामो यात्रामा ब्याट्री सकिएपछि पेट्रोल इन्जिनबाट थप ऊर्जा उत्पादन गर्ने सुविधा प्रदान गर्न सक्छ।

मिडिया रिपोर्टका अनुसार सुजुकीले यस्तो सिस्टममा ठुलो क्षमताको ब्याट्री प्रयोग नगर्ने अनुमान गरिएको छ । ठुलो ब्याट्रीले गाडीको तौल र लागत दुवै बढाउने भएकाले तुलनात्मक रूपमा सानो ब्याट्री र रेन्ज एक्सटेन्डर इन्जिन प्रयोग गर्ने गरी गाडीको लागत र तौल नियन्त्रणमा सहयोग पुर्‍याउन अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...