पानी परिरहेको छ, सडक बिग्रिएको छ, ईभी चलाउँदा यी सावधानी अपनाउन नबिर्सौँ

नेपालमा पछिल्लो समय लगातार भइरहेको वर्षा र धेरै स्थानमा देखिएको सडकको खराब अवस्था, डुबान, हिलो तथा खाल्डाखुल्डीलाई ध्यानमा राख्दै ईभी प्रयोगकर्ताले विशेष सावधानी अपनाउनु आवश्यक छ। ईभी सामान्य अवस्थामा पानीबाट सुरक्षित भए पनि अत्यधिक पानी, डुबान वा गलत तरिकाले पानी पार गर्दा जोखिम हुन सक्छ। त्यसैले यात्रा अघि सडक तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् र यी सावधानीहरू अपनाउनुहोस्।

भर्खरै घरबाट कार्यालय आउँदै गर्दा धोबीघाट–सानेपा रिङरोडमा एउटा ईभी बीच सडकमा बिग्रिएर अगाडि बढ्न नसक्ने अवस्थामा रोकिएको देखेँ। सामान्य सडकमा केही मात्रामा पानी जमेको अवस्थामा पनि लगातार पानी परिरहेको बेला सडकको अवस्था क्षण–क्षणमा परिवर्तन हुन सक्छ। त्यसैले यस्तो समयमा ईभी मात्र होइन, सबै सवारीसाधन चलाउँदा विशेष रूपमा सजग हुन आवश्यक छ।

अटोमोबाइल तथा ईभी क्षेत्रमा लामो समयदेखि काम गरेको आफ्नो अनुभवका आधारमा, अहिलेको मौसम र सडकको अवस्थालाई ध्यानमा राख्दै ईभी प्रयोगकर्ताहरूलाई अनावश्यक जोखिम नलिन, पानी जमेको वा डुबान भएको सडकमा प्रवेश नगर्न, Charging Port तथा HV Battery Area मा विशेष ध्यान दिन र पानीको अवस्था हेरेर मात्र यात्रा गर्न सुझाव दिन चाहन्छु। विशेषगरी पानीको गहिराइ थाहा नभएको स्थानमा ईभी जबरजस्ती चलाउनु हुँदैन। पानी पार गरेपछि गाडीमा कुनै असामान्य Warning, आवाज वा व्यवहार देखिएमा सुरक्षित स्थानमा रोकेर Technical/Service Team को सल्लाह लिनु राम्रो हुन्छ।

वर्षायाममा ईभी चलाउँदा अपनाउनुपर्ने विशेष सावधानीहरू

  1. सडकमा वर्षायाममा पानी जम्ने, खाल्डाखुल्डी  तथा सडकको वास्तविक गहिराइ थाहा नहुने अवस्था सामान्य हुन्छ। त्यसैले पानी जमेको वा डुबान भएको सडकमा पानीको गहिराइ अनुमान गरेर ईभी नचलाउनुहोस्। सुरक्षित बाटो रोज्नु नै सबैभन्दा राम्रो सावधानी हो।
  • लगातार वर्षा हुँदा सडकमा अचानक पानीको बहाव बढ्ने, खाल्डाखुल्डी नदेखिने र डुबानको अवस्था सिर्जना हुन सक्छ। त्यसैले अत्यधिक पानी वा तेज बहाव भएको सडकमा जबरजस्ती ईभी अघि नबढाउनुहोस्। केही समय पर्खनु वा वैकल्पिक बाटो रोज्नु नै उचित हुन्छ।
  • पानी र हिलोका कारण Charging Port, Cable तथा Connector भिज्ने वा फोहोर हुने सम्भावना बढी हुन्छ। त्यसैले यी भागहरू पूर्ण रूपमा सुख्खा र सफा भएको सुनिश्चित गरेर मात्र ईभी चार्ज गर्नुहोस्।
  • सडकमा पानीसँगै हिलो, ढुंगा तथा फोहोर जम्ने भएकाले ईभीको अन्डरबडीमा असर पर्न सक्छ। त्यसैले गहिरो पानी वा हिलो पार गरेपछि अन्डरबडी तथा HV Battery area मा कुनै क्षति, फोहोर वा असामान्य अवस्था छ कि छैन जाँच गर्नुहोस्।
  • वर्षाको समयमा सडक चिप्लो हुने र हिलो जम्ने भएकाले टायरको Grip कम हुन सक्छ। त्यसैले चिप्लो सडकमा अचानक Acceleration, Braking वा Sharp Steering नगरी बिस्तारै र नियन्त्रणमा ईभी चलाउनुहोस्।
  • डुबान वा पानीको सतह बढ्दा ईभीको अन्डरबडी तथा विद्युतीय प्रणालीमा पानी पस्न सक्ने जोखिम हुन्छ। त्यसैले पानीमा डुबेको वा Warning असामान्य अवस्था देखिएको ईभीलाई आफैं READY/Restart नगरी सुरक्षित स्थानमा Technical/Service Team को सल्लाह लिनुहोस्।
  • विशेषगरी HV Battery 0% पुगेको अवस्थामा Drive Wheels बाट तानेर वा drag गरेर एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा HV Battery, Motor तथा अन्य Electronic Components मा क्षति पुग्न सक्छ। त्यसैले सुरक्षित Recovery का लागि उपयुक्त Towing वा Flatbed Method प्रयोग गर्नुहोस्।
  • लगातार पानी पर्दा सडक अवरोध, ट्राफिक जाम वा वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले लामो दूरीको यात्रा अघि पर्याप्त Battery Charge राख्नुहोस् र आवश्यक Emergency Contact तथा अधिकृत कम्पनीको Service Contact तथा Roadside Assistance नम्बर सधैं साथमा राख्नुहोस्।
  • अत्यधिक वर्षा हुँदा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम बढ्न सक्छ। त्यसैले अत्यधिक वर्षा वा डुबानको समयमा अनावश्यक यात्रा नगर्नुहोस् र लामो दूरीको यात्रा गर्नुपरेमा सम्बन्धित सरकारी निकायबाट सडक तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्।

सुरक्षित ईभी यात्रा गरौँ, सचेत बनौँ र सुरक्षित रहौँ। शुभयात्रा !

के.पी. पोखरेल

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...