रसुवा बाढीका कारण अटोमोबाइल क्षेत्रमा परेको समस्याबारे नाडा र भन्सार विभागबीच छलफल
काठमाडाैं – हालै रसुवा क्षेत्रमा आएको भीषण बाढीका कारण अटोमोबाइल...
काठमाडौं–अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ ।
एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो । महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन पौडेलको अनुभव, ज्ञान र सक्रिय सहभागिताबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
पौडेल हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटीभ प्रालिका निर्देशकका रूपमा अटोमोबाइल क्षेत्रमा सक्रिय छन् । उनी लामो समयदेखि नेपालको अटोमोबाइल व्यवसाय, बजार विस्तार तथा नीतिगत विषयमा सक्रिय रहँदै आएका छन् ।
नेपालमा रोयल इनफिल्डको बजार विस्तारको सुरुवाती चरणदेखि नै अटोमोबाइल क्षेत्रमा जोडिएका पौडेलले एउटा शोरुमबाट वार्षिक करिब ५० वटा मोटरसाइकल बिक्री हुने अवस्थादेखि हालको विस्तारित बजारसम्मको यात्रा नजिकबाट अनुभव गरेका छन् ।
व्यवसायिक गतिविधिसँगै पौडेल अटोमोबाइल क्षेत्रका नीतिगत तथा व्यावसायिक विषयमा पनि सक्रिय रहँदै आएका छन् । नाडामार्फत उनले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित कर तथा राजस्व नीति, एसेम्बली उद्योग, एमआरपी, व्यवसाय सञ्चालनको वातावरण, स्थानीय उत्पादन तथा स्वदेशी पार्ट्सको प्रयोगलगायतका विषयमा सरकार तथा सम्बन्धित निकायसँग हुने छलफलमा सहभागिता जनाउँदै आएका छन् ।
नेपालको अटोमोबाइल उद्योगलाई दीर्घकालीन रूपमा अघि बढाउन स्थानीय उत्पादन तथा एसेम्बली उद्योगको विकास, अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने स्वदेशी पाट्र्सको प्रयोग र व्यवसायमैत्री नीतिगत वातावरण आवश्यक रहेको विषयमा पनि पौडेलले जोड दिँदै आएका छन् ।
अटोमोबाइल क्षेत्रको व्यवसायिक अनुभवसँगै नाडामा नेतृत्वदायी भूमिकामा रहेका पौडेलको नयाँ जिम्मेवारीसँगै उनको भूमिका कम्पनी तथा ब्रान्डका व्यावसायिक गतिविधिभन्दा बाहिर गएर समग्र यातायात तथा पारवहन क्षेत्रका नीतिगत र व्यवसायिक विषयमा समेत केन्द्रित हुने भएको छ ।
एफएनसीसीआईको यातायात तथा पारवहन समितिले यातायात व्यवसाय, पारवहन, व्यापार सहजीकरण तथा यस क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा निजी क्षेत्रको धारणा प्रस्तुत गर्दै आएको छ ।
समितिको उपसभापतिको जिम्मेवारीमा पौडेलको लामो व्यवसायिक अनुभव र अटोमोबाइल क्षेत्रसम्बन्धी ज्ञानले आगामी छलफल तथा पहललाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...