सुर्खेतमा एथरको १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालन
सुर्खेत – एथर नेपालले कर्णाली प्रदेशमा विद्युतीय सवारीसाधनको पहुँच...
काठमाडौँ–चिनियाँ अटो निर्माता कम्पनी बीवाईडी को नयाँ इलेक्ट्रिक ह्याचब्याक ग्रेट सिगल (दा हाइओ) को वास्तविक तस्बिर र विस्तृत विवरण सार्वजनिक भएका छन् ।
हाल बजारमा उपलब्ध सिगल र डल्फिनको बीचमा रहने गरी तयार पारिएको यो नयाँ मोडलमा आकार, प्रविधि र कार्यक्षमताका हिसाबले ठूलो सुधार गरिएको छ ।
नयाँ ग्रेट सिगलको बाहिरी बनावटमा क्लोज्ड अफ फ्रन्ट ग्रिल, आकर्षक ज्यामितीय रेखा र बहुभुज आकारका लाइट क्लस्टरहरू दिइएको छ । कम्पनीले यसलाई नयाँ इंक ग्रीन रङमा समेत उपलब्ध गराउने जनाएको छ ।
गाडीको लम्बाइ ४२०५ मिमी, चौडाइ १८१० मिमी, उचाइ १५७० मिमी र ह्विलबेस २६५० मिमी रहेको छ, जसले गर्दा यसको भित्री स्पेस लगभग बीवाईडी डल्फिनको हाराहारी पुगेको छ ।
यो गाडीको सबैभन्दा ठूलो विशेषता छतमा जडान गरिएको लिडार सेन्सर हो । यसले बीवाईडीको ‘गड्स आई बी’ ड्राइभर–सहायता प्रणालीलाई सपोर्ट गर्छ, जसबाट सहरी तथा राजमार्गमा अटोपाइलट, अटोमेटेड पार्किङ, ट्राफिक लाइट पहिचान र स्वायत्त रूपमा लेन परिवर्तन जस्ता सुविधाहरू प्राप्त हुनेछन् । गाडीको भित्री भागमा परम्परागत इन्स्ट्रुमेन्ट क्लस्टर हटाइएको छ भने ठूलो सेन्ट्रल टचस्क्रिन र टु–पोक स्टेयरिङ ह्विल राखिएको छ ।
पर्फमेन्सको कुरा गर्दा यसमा ९५ किलोवाट (१२७ एचपी) क्षमताको म्याग्नेट सिन्क्रोनस मोटर र फिनड्रिम्सद्वारा निर्मित ३० किलोवाट आवरर ३९.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक प्रयोग गरिएको छ ।
यसले एक पटकको फुल चार्जमा ३२० देखि ४२० किलोमिटरसम्मको रेन्ज (सीएलटीसी) प्रदान गर्ने दाबी गरिएको छ, भने यसको अधिकतम गति प्रतिघण्टा १५० किलोमिटर रहेको छ ।
कम्पनीले यसलाई हालको सिगलभन्दा थप प्रिमियम र सुविधायुक्त तर डल्फिनभन्दा अलि कम शक्तिशाली र सहज पहुँचयोग्य विकल्पका रूपमा बजारमा उतार्ने तयारी गरेको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...