मोडले बाटो मात्र होइन, जोखिम पनि लुकाएको हुन्छ – सतर्क बनौ मोडमा
नेपालको भूगोल आफैंमा सडक सुरक्षाका लागि चुनौतीपूर्ण छ । हिमालदेखि...
काठमाडौं - यातायात व्यवस्था विभागले गत भाद्र १० मा रसुवामा आएको विनाशकारी बाढीका कारण यातायात क्षेत्रमा परेको क्षतिसम्बन्धी प्रतिवेदन तयार पार्न नागरिक तहबाट क्षतिसम्बन्धी विवरण तथा तथ्यांक माग गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बनेको १३ सदस्यीय क्षति मूल्यांकन समितिले एक सूचना जारी गर्दै विवरण माग गरेको हो ।
पूर्वाधार विकास मन्त्री सुनील लम्सालको अध्यक्षतामा गत भाद्र २६ गते बसेको बैठकको निर्णयअनुसार भोटेकोसी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा परेको मानवीय र भौतिक क्षतिको मूल्यांकन गरी क्षतिपूर्तिको आधार निर्धारण गर्न क्षति मूल्यांकन समिति गठन भएको थियो । सो समितिले प्रतिवेदन तयार पार्नका लागि अन्य व्यक्तिहरूसँग विवरण माग गरेको हो ।
समितिले सरकारी निकाय, गैरसरकारी संस्था, सञ्चारमाध्यम, निजी संघसंस्था, अनुसन्धानकर्ता, सरोकारवाला निकाय तथा आम नागरिकहरूबाट क्षतिसम्बन्धी विवरण माग गरेको छ । प्राप्त तथ्यांकका आधारमा क्षति मूल्यांकन, क्षतिपूर्तिको आधार र अन्य सरोकारवाला विषयमा रायसहितको प्रतिवेदन समितिले पेस गर्ने जनाएको छ ।
विभागले जारी गरेको सूचनाअनुसार क्षतिसम्बन्धी विवरणहरू सूचना प्रकाशित भएको एक सातभित्र विभागको ईमेल bibhagyatayat@gmail.com मार्फत पठाउन सकिने छ भने विभागको योजना शाखामा लिखित रूपमा समेत उपलब्ध गराउन सकिनेछ ।
संस्थाहरूले विवरण पठाउँदा पहिचान खुलाई तथ्यांक उपलब्ध गराउन अनुरोध गरिएको छ भने सम्भव भए सम्म तथ्यांकको स्रोत खुलाई पठाईदिन समेत अनुरोध गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...