सीएफमोटो २५० डुअल ईएफआईमा दसैं–तिहार विशेष योजना, २० हजार रुपैयाँ छुट

काठमाडौं - नेपालका लागि सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले दसैं तथा तिहारलाई लक्षित गर्दै सीएफमोटो २५० डुअल ईएफआईमा विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत नगद भुक्तानीमा मोटरसाइकल खरिद गर्ने ग्राहकले २० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ। त्यस्तै, ग्राहकले ४० प्रतिशत अग्रिम भुक्तानी गरेर मोटरसाइकल खरिद गर्न सक्नेछन्।

पुरानो जुनसुकै कम्पनीको मोटरसाइकल साटेर नयाँ सीएफमोटो २५० डुअल ईएफआई खरिद गर्ने ग्राहकलाई पुरानो मोटरसाइकलको थप मूल्याङ्कन गरिने कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत मोटरसाइकल खरिद गर्ने ग्राहकले फ्रि प्रिमियम ह्यान्डगार्ड र फुलफेस प्रोटेक्टिभ हेल्मेट पाउनेछन्। कम्पनीका अनुसार मोटरसाइकलमा ५ वर्षको इन्जिन वारेन्टीसमेत उपलब्ध हुनेछ।

सीएफमोटो २५० डुअल ईएफआईमा फ्युल इन्जेक्सन सिस्टमसहितको इन्जिन रहेको कम्पनीले जनाएको छ। मोटरसाइकललाई विभिन्न सडक तथा यात्राका लागि उपयुक्त हुने गरी तयार गरिएको कम्पनीको दाबी छ।

ग्राहकलाई बिक्रीपछिको सेवा सहज बनाउन देशभरका आधिकारिक सेवा केन्द्रमार्फत प्राविधिक सहयोग तथा जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराइने कम्पनीले जनाएको छ।

दसैं–तिहार विशेष योजना नेपालभर रहेका सीएफमोटोका आधिकारिक बिक्री केन्द्र तथा विक्रेतामार्फत सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...