सीएफमोटो २५० डुअल ईएफआईमा दसैं–तिहार विशेष योजना, २० हजार रुपैयाँ छुट
काठमाडौं – नेपालका लागि सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड...
काठमाडौं–भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले दशैंको अवसर पारेर ‘दशैंको दक्षिणा’ नामक विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले नयाँ स्कुटर खरिद गर्दा नगद छुट, एक्सचेन्ज बोनस र उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
स्किमअन्तर्गत जुनसुकै भेस्पा वा अप्रिलिया स्कुटरको खरिदमा हरेक ग्राहकलाई अनर एक्स५ प्ले स्मार्टवाच प्रदान गरिने जनाइएको छ । नगद भुक्तानी गरेर स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद लाभ प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, पुरानो दुईपांग्रे सवारीसाधन साटेर नयाँ स्कुटर लिन चाहने ग्राहकका लागि २५ हजार रुपैयाँसम्मको एक्सचेन्ज वोनसको व्यवस्था गरिएको छ । फाइनान्स सुविधामार्फत खरिद गर्ने ग्राहकहरूका लागि भने शून्य प्रतिशत सर्भिस चार्जको सुविधा उपलब्ध गराइएको छ ।
कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोका अनुसार दशैंमा दक्षिणा दिने परम्परालाई ध्यानमा राख्दै ग्राहकहरूलाई थप मूल्य र सुविधा प्रदान गर्न यो योजना ल्याइएको हो ।
सीमित अवधिका लागि मात्र लागू हुने यो योजनामा ग्राहकले आफ्नो आवश्यकताअनुसार नगद, एक्सचेन्ज वा फाइनान्सको विकल्प रोज्न सक्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...