विश्वकै सबैभन्दा धेरै रेन्ज दिने ईभी ‘डेन्जा जेड९एस’ ४ दिनपछि लन्च हुँदै

काठमाडौँ–चिनियाँ अटो निर्माता बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाले आफ्नो नयाँ विद्युतीय सेडान ‘डेन्जा जेड९एस’ आजको ४ दिनपछि अर्थात सेप्टेम्बर २३ मा आधिकारिक रूपमा लन्च गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार यो कारले एकपटकको पूर्ण चार्जमा एक हजार १०० किलोमिटरसम्मको रेन्ज (सीएलटीसी) दिनेछ, जसलाई उत्पादनमा रहेका विद्युतीय गाडीहरूमध्ये विश्वकै सबैभन्दा धेरै रेन्ज मानिएको छ ।

चिनियाँ बजारमा यसको सुरुवाती प्रि–सेल मूल्य ४५ हजार ७०० देखि ५५ हजार ७०० डलरसम्म निर्धारण गरिएको छ । दमदार क्षमता र अत्याधुनिक प्रविधियुक्त यस नयाँ सेडानलाई विभिन्न तीन वटा भेरियन्टमा उपलब्ध गराइने कम्पनीले जनाएको छ यस नयाँ कारमा बीवाईडीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ ।

यसको फ्ल्यागसिप भेरियन्टमा १२२.५ किलोवाट आवरको ब्याट्री प्याक राखिएको छ, जसले अधिकतम १ हजार १०० किमीको रेन्ज दिन्छ । साथै, तीनवटा मोटर भएको ई३ अल–ह्विल ड्राइभ भेरियन्टले १ हजार २१० हर्सपावर (८९० किलोवाट) पावर उत्पन्न गर्छ र यसले मात्र २.६८ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति समात्न सक्छ ।

गाडीमा फ्ल्याश चार्जिङ प्रविधि रहेकाले १० प्रतिशतबाट ७० प्रतिशतसम्म ब्याट्री चार्ज हुन मात्र ५ मिनेट लाग्ने कम्पनीको दाबी छ । पाँच मिटरभन्दा लामो यो लक्जरी सेडानमा रियर–व्‍हिल स्टेयरिङ प्रविधि समावेश छ, जसले गर्दा ठूलो आकारको भए पनि यसलाई मोड्न निकै सहज हुनेछ ।

गाडीभित्र नापा लेदर सिट, रुफ माउन्टेड लिडार सहितको गड–आई ५.० स्मार्ट ड्राइभिङ सिस्टम, एक्स्टेन्डेड रियल्टी डिजिटल डिस्प्ले र १२–भोल्युम स्पिकर सिस्टम जस्ता आधुनिक सुविधाहरू उपलब्ध गराइएको छ ।

यो मोडलले चिनियाँ तथा अन्तर्राष्ट्रिय ईभी बजारमा नयाँ मापदण्ड कायम गर्ने अपेक्षा गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...