टीभीएसलाई पछि पार्दै होन्डा पुनः बन्यो नम्बर–१ स्कुटर ब्रान्ड

काठमाडौं–भारतीय स्कुटर बजारमा अगस्ट २०२६ मा होन्डाले पुनः आफ्नो शीर्ष स्थान सुरक्षित गरेको छ ।

यसअघि जुलाई महिनामा पहिलोपटक टीभीएसले होन्डालाई पछाडि पार्दै पहिलो स्थान ओगटेको थियो, तर अगस्टमा होन्डाले टीभीएससलाई पछाडि पार्दै पुनः आफ्नो वर्चस्व कायम गरेको हो ।

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सको तथ्यांक अनुसार अगस्ट महिनामा शीर्ष १० स्कुटर निर्माता कम्पनीहरूले डिलरसिपतर्फ कुल ८ लाख ५५ हजार युनिट बिक्री गरेक छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी हो ।

यो अटोमोबाइल क्षेत्रको इतिहासमै दोस्रोपटक मासिक बिक्री ८ लाख युनिट नाघेको रेकर्ड हो । सन् २०२६ को जनवरीदेखि अगस्टसम्मको समग्र अवधिमा स्कुटर बिक्री ३१ प्रतिशतले बढेर ६०.७ लाख युनिट पुगेको छ ।

अगस्ट महिनामा होन्डाले २ लाख ८५ हजार युनिट बिक्री गर्दै ६ प्रतिशतको वार्षिक वृद्धि हासिल गरे पनि उसको बजार हिस्सा भने केही घटेर ३३ प्रतिशतमा सीमित भएको छ ।

अर्कोतर्फ, टीभीएसले २ लाख ५६ हजार युनिट स्कुटर बिक्री गर्दै २४ प्रतिशतको वृद्धि दर्ज गरेको छ र ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । टीभीएसको बिक्री बढाउन उसका इलेक्ट्रिक स्कुटरहरू आईक्युब र अर्बिटरको ठूलो योगदान रहेको छ, जसले कुल बिक्रीको २० प्रतिशत हिस्सा ओगटेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...