रोल्स रोयसलाई टक्कर दिँदै बीवाईडी, फ्यान्टम र कुलिननका प्रतिस्पर्धी मोडलको परीक्षण सुरु
बीवाईडीको विलासी ब्रान्ड याङवाङले विश्वचर्चित लक्जरी कार ब्रान्ड रोल्स...
काठमाडौं–बीवाइडीले आफ्ना गाडीहरू विश्वव्यापी बजारमा निर्यात गर्नका लागि थप १० वटा विशाल कार वाहक पानीजहाजको अर्डर दिएको छ ।
नयाँ अर्डर गरिएका प्रत्येक पानीजहाजको क्षमता ९ हजार २०० वटा कार (सिईयु) बोक्नसक्ने रहेको बताइएको छ ।
यी नयाँ पानीजहाजहरूको निर्माण चाइना मर्चेन्ट्स इन्डस्ट्रिले आफ्ना जिनलिङ र हाइमेन शिपयार्डहरूमा गर्नेछ भने सन् २०२७ देखि २०२९ को बीचमा यी जहाजहरू बीवाइडीलाई हस्तान्तरण गरिनेछ ।
यसअघि बीवाइडीसँग ८ वटा पानीजहाज रहेकोमा नयाँ १० वटा थपिएपछि कम्पनीको कुल टोली १८ वटा जहाजको हुनेछ । यसबाट बीवाइडीको सवारी साधन ओसारपसार गर्ने कुल क्षमता १ लाख ३० हजार भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
घरेलु बजारमा तीव्र प्रतिस्पर्धा र मूल्य युद्धका कारण नाफामा दबाब परेपछि बीवाइडीले अन्तर्राष्ट्रिय बजार विस्तारलाई तीव्र बनाएको छ । थपिएका नयाँ जहाजहरूले कम्पनीको वार्षिक निर्यात क्षमतालाई २५ लाख गाडीसम्म पु¥याउन सहयोग पु¥याउने जनाइएको छ ।
बीवाइडीले आफ्ना चीनमा बनेका गाडीहरू बाहेक थाइल्यान्ड लगायतका वैदेशिक प्लान्टमा उत्पादित सवारी साधनहरू पनि यिनै जहाजमार्फत युरोप र अन्य अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...