टीभीएस मोटरसाइकल र स्कुटर किन्दा १० लाखसम्म नगद छुट

काठमाडौं–टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आगामी दशैंका अवसरमा ग्राहकहरूका लागि विशेष चाडपर्व लक्षित उपभोक्ता योजना ‘टीभीएस गोल्डन की’ सार्वजनिक गरेको छ ।

देशभरका ग्राहकहरूका लागि दशैंलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको यस अभियानअन्तर्गत टीभीएसको जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्दा निश्चित पुरस्कारको व्यवस्था गरिएको छ ।

यस योजनाअनुसार सवारीसाधन खरिद गर्ने प्रत्येक ग्राहकले १० लाखसम्म नगद छुट, गोल्ड की अर्थात खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक मध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नेछन् ।

निश्चित पुरस्कारका अतिरिक्त जगदम्बा मोटर्सले दैनिक लक्की ड्रको पनि आयोजना गर्ने जनाएको छ, जसअन्तर्गत हरेक दिन दुई जना भाग्यशाली ग्राहकले ५ वर्षसम्मको निःशुल्क सर्भिस जित्ने अवसर पाउनेछन् । ग्राहकहरूका लागि नयाँ सवारीसाधनको खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउन कम्पनीले खरिदका क्रममा सहज फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ ।

योजना शुभारम्भका क्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले दशैं नयाँ सुरुवात र खुसीको पर्व भएकोले ग्राहकहरूलाई अतिरिक्त मूल्य र सेवा प्रदान गर्न यो योजना ल्याइएको बताए ।

त्यसैगरी, कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले यस अभियानले नयाँ सवारीसाधन खरिद गर्ने अनुभवलाई अझ फलदायी र उत्साहजनक बनाउँदै नेपालभरका ग्राहकहरूका लागि टीभीएस सवारीको स्वामित्वलाई सहज बनाउने विश्वास व्यक्त गरे ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...