औद्योगिक रेल लोकोमोटिभका लागि ब्लेड ब्याट्री विकास गर्दै बीवाईडी
काठमाडौँ–बीवाइडीको ब्याट्री सहायक कम्पनी फिनड्रिम्स ब्याट्रीले...
बीवाईडीको विलासी ब्रान्ड याङवाङले विश्वचर्चित लक्जरी कार ब्रान्ड रोल्स रोयससँग प्रतिस्पर्धा गर्ने गरी दुई नयाँ फ्ल्यागसिप मोडलहरू तयार पारिरहेको छ । चीनमा सडक परीक्षणका क्रममा देखिएका यी नयाँ मोडलहरू रोल्स रोयसको प्रसिद्ध सेडान ‘फ्यान्टम’ र एसयूभी ‘कुलिनन’ सँग मिल्दाजुल्दा रहेका छन् ।
परीक्षणका क्रममा देखिएको नयाँ सेडान कारको बाहिरी बनावट र ह्विलबेस निकै लामो छ, जसमा रोल्स रोयसमा जस्तै ‘कोच डोर्स’ (सुसाइड डोर्स) को प्रयोग गरिएको छ ।
यस कारमा मेबाकबाट प्रभावित ह्विलहरू र बीवाईडीको उन्नत डिसास–ए एयर सस्पेन्सन प्रणाली जडान गरिएको अनुमान गरिएको छ । गाडीभित्र धेरै ठाउँ उपलब्ध गराउन यसमा पिलररहित चेसिस डिजाइन र बलियो धातुको छत प्रयोग गरिएको छ ।
त्यसैगरी, याङवाङको नयाँ एसयूभी मोडललाई चीनको टुरपानमा अत्यधिक गर्मीमा परीक्षण गरिँदै गर्दा देखिएको हो । यो मोडल कम्पनीको अघिल्लो हार्डकोर अफ रोडर यू८ भन्दा फरक देखिएको छ भने सडकमा चलाउन बढी सहज हुने गरी डिजाइन गरिएको छ ।
एसयूभीको साइड प्रोफाइल रोल्स रोयस कुलिनन जस्तै देखिन्छ । यस एसयूभीको विन्डसिल्डमा लिडार सेन्सर राखिएको छ, जसले बीवाईडीको गड्स आई अर्थात् डी पाइलट ६००’ पालोटेड ड्राइभिङ प्रविधिलाई सहयोग पु-याउने बताइएको छ ।
यी दुवै फ्ल्यागसिप गाडीहरू बीवाईडीको लक्जरी लाइनअपको शीर्ष स्थानमा रहनेछन् । कम्पनीले यी मोडलहरूलाई प्लग–इन हाइब्रिड र पूर्ण विद्युतीय दुवै भेरियन्टमा बजारमा उतार्ने सम्भावना रहेको छ ।
अत्यन्तै प्रिमियम श्रेणीका भएकाले ठूलो संख्यामा बिक्री नभए तापनि यी गाडीहरूले चिनियाँ अटोमोबाइल क्षेत्रलाई विश्वव्यापी रूपमा थप उच्च स्थानमा पु-याउने विश्वास गरिएको छ
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...