रसुवा विपद्ले हामीलाई के सिकाउँदैछ? अब नीतिमै पुनर्विचार गर्ने कि ? दीपक थपलियाको विचार
कुनै जिम्मेवार कम्पनीमा ठूलो दुर्घटना भयो भने त्यसलाई केवल एउटा दुर्घटना...
विशेषगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) साथमा नराखी सवारी चलाउनु कानुनी रूपमा कसुर हो । ऐनको दफा १६४(१)(न) अनुसार यस्तो कसुर पहिलो पटक गरे रु. ५००, दोस्रो पटक रु. १,००० र तेस्रो पटक वा सोभन्दा बढी पटक गरे रु. १,५०० सम्म जरिवाना हुन सक्छ ।
तर यात्रा वा अन्य कारणले सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) वा सार्वजनिक सवारीको बाटो इजाजत पत्र (स.द.कि.) हरायो भने तनावमा पर्नु वा बेवास्ता गर्नुको सट्टा तत्काल आवश्यक प्रक्रिया अघि बढाउनु बुद्धिमानी हुन्छ ।
विगतमा हराएको सवारीसम्बन्धी कागजपत्रको सिफारिस लिन सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्था थियो । अहिले नेपाल प्रहरीले Lost Document Information Management System (LDIMS) मार्फत घरबाटै अनलाइन आवेदन गर्ने सुविधा उपलब्ध गराएको छ ।
घरबाटै कसरी लिने प्रतिलिपि सिफारिस ?
अनलाइन आवेदनका लागि सबैभन्दा पहिले https://ldims.nepalpolice.gov.np/ खोल्नुहोस् । त्यसपछि ‘हराएको कागजात सम्बन्धी आवेदन’ विकल्पमा गई आवश्यक विवरण भर्नुहोस् । कागजातको प्रकार छनोट गरी आवश्यक विवरण प्रविष्ट गर्नुहोस् । लाइसेन्सको हकमा लाइसेन्स नम्बर र जारी भएको स्थान, सवारीको हकमा सवारी नम्बर, पूरा नाम, मोबाइल नम्बर तथा प्रदेश, जिल्ला, स्थानीय तह र वडा नम्बरजस्ता ठेगाना विवरण सही रूपमा भर्नुहोस् । प्रणालीले माग गरेअनुसार आवश्यक कागजातको स्क्यान प्रतिलिपिसमेत अपलोड गर्नुहोस् । विवरण पूरा गरेपछि Submit गर्नुहोस् ।
आवेदन सफल भएपछि प्रणालीले उपलब्ध गराउने Application ID सुरक्षित राख्नुहोस् । आवेदनको अवस्था बुझ्न पछि ‘Check Application’ मा गई Application ID राखेर जाँच गर्न सकिन्छ । सामान्यतः आवेदन दिएको ७२ घण्टापछि सिफारिसको अवस्था जाँच गरी प्रिन्ट गर्न सकिन्छ । प्रणालीले ७२ घण्टाको समय देखाए पनि कतिपय अवस्थामा त्यसअघि नै सिफारिस प्राप्त हुन सक्छ । अनलाइनबाट प्राप्त प्रतिलिपि सिफारिस ७ दिनसम्म मान्य हुन्छ । त्यस अवधिभित्र सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गरी प्रतिलिपि लिनुपर्छ । ७ दिन भित्र प्रतिलिपि नलिई पुनः सिफारिस आवश्यक परेमा अनलाइन आवेदन प्रक्रिया पुनः दोहोर्याउन सकिन्छ ।
कागजपत्र हराउँदा अपनाउनुपर्ने ५ सुरक्षा सावधानी
१. कागजपत्र हराएपछि लापरबाही नगर्नुहोस् ।
लाइसेन्स वा अन्य आवश्यक कागजपत्र हराएको अवस्थामा ‘केही हुँदैन’ भनेर बेवास्ता नगर्नुहोस् । तत्काल आवश्यक प्रक्रिया अघि बढाउनुहोस् ।
२. ढिलाइ नगरी अनलाइन आवेदन गर्नुहोस् ।
मोबाइल वा कम्प्युटरबाट LDIMS प्रयोग गरी हराएको कागजपत्रको सिफारिसका लागि आवेदन दिनुहोस् । यसले अनावश्यक दौडधुप र समयको क्षति कम गर्छ ।
३. Application ID सुरक्षित राख्नुहोस् ।
आवेदन नम्बरको स्क्रिनसट लिनुहोस् वा सुरक्षित स्थानमा टिपोट गर्नुहोस् । आवेदनको अवस्था जाँच गर्न यही नम्बर आवश्यक पर्छ ।
४. डिजिटल सुविधा र भौतिक कागजपत्रको व्यवस्था बुझ्नुहोस् ।
नेपाल प्रहरीले नागरिक एपलगायत डिजिटल माध्यमबाट विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ । तर डिजिटल सुविधा उपलब्ध भए पनि कुन अवस्थामा भौतिक कागजपत्र आवश्यक पर्छ भन्ने विषयमा प्रचलित कानुन र सम्बन्धित निकायको हालको व्यवस्था पालना गर्नुहोस् ।
५. सिफारिस पाएपछि प्रतिलिपि लिन ढिलाइ नगर्नुहोस् ।
अनलाइन सिफारिस प्राप्त भएपछि त्यसको ७ दिनको मान्य अवधिलाई ध्यानमा राख्दै सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गई प्रतिलिपि प्राप्त गर्ने प्रक्रिया पूरा गर्नुहोस् ।
कागजपत्र हराउनु सामान्य घटना जस्तो लागे पनि यसले जरिवाना, समयको क्षति, अनावश्यक दौडधुप र मानसिक तनाव निम्त्याउन सक्छ । त्यसैले यात्राअघि आवश्यक कागजपत्र जाँच गर्ने, कागजपत्रका महत्वपूर्ण विवरण सुरक्षित राख्ने र हराएमा ढिलाइ नगरी आधिकारिक प्रणालीमार्फत प्रक्रिया अघि बढाउने बानी बसालौँ । सुरक्षित यात्रा भनेको दुर्घटनाबाट मात्र जोगिनु होइन; कानुनी झन्झट, अनावश्यक तनाव र समयको क्षतिबाट समेत आफूलाई सुरक्षित राख्नु हो ।
ट्राफिक नियम जानौं पनि, मानौं पनि ।
प्रहरी वरिष्ठ नायव निरीक्षक
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...