चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी०३एक्स’

चिनियाँ बजारमा ए१० का रूपमा परिचित पूर्ण रूपमा नयाँ लिपमोटर बी०३एक्स चीनमै दोस्रो सर्वाधिक बिक्री हुने सवारी साधन बन्न सफल भएको छ । यस मोडलले अगस्ट महिनामा मात्रै ३० हजार ६५२ युनिट बिक्री गरेको छ । योसँगै बी०३एक्सले लिपमोटरको इतिहासमै सबैभन्दा छिटो १ लाख युनिट बिक्री हुने गाडी बनेर अटोमोबाइल उद्योगमै नयाँ कीर्तिमान कायम गरेको छ ।

गत मार्च २६ मा औपचारिक रूपमा बजारमा आएको मात्र १३५ दिनपछि, अर्थात् अगस्ट ७, २०२६ मा यो कोशेढुङ्गा पार गर्दै यस मोडलले बजारमा अभूतपूर्व माग हासिल गरेको छ । यसको बढ्दो लोकप्रियताकै बलमा लिपमोटर लगातार दुई महिनासम्म एकै महिनामा १ लाखभन्दा बढी गाडी डेलिभरी गर्ने पहिलो चिनियाँ विद्युतीय सवारी स्टार्टअप बन्न सफल भएको छ ।

बी०३एक्सको यो तीव्र सफलताको प्रमुख कारण यसको पहुँचयोग्य ईभी सेग्मेन्टमा लक्जरीस्तरको प्रविधि र प्रिमियम सुविधाहरूको संयोजन हो । उत्कृष्ट प्रदर्शन र व्यावहारिकतालाई ध्यानमा राखेर निर्माण गरिएको बी०३एक्समा सेग्मेन्टकै अग्रणी १४५ किलोवाट आवर मोटर, ५५ किलोवाट आवर ब्याट्री र ५०५ किलोमिटर (सीएलटीसी) सम्मको ड्राइभिङ रेन्ज रहेको छ । साथै, यसमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न मात्र १६ मिनेट लाग्ने फास्ट चार्जिङ क्षमता रहेको छ ।

बी०३एक्सको इन्टेरियरमा डुअल हाई–परफर्मेन्स चिपसहितको फ्ल्यागसिप प्रोसेसिङ पावर रहेको छ, जसमा ‘क्वालकम स्न्यापड्रैगन ८२९५पी ककपिट चिप समेत समावेश छ । साथै, यसमा ५१० लिटरको फराकिलो बूट स्पेस रहेको छ, जसलाई पछाडिको सिट फोल्ड गर्दा १६०५ लिटरसम्म बढाउन सकिन्छ ।

मासेराती, अल्फा रोमियो र प्युजो जस्ता १४ अग्रणी ब्रान्डहरूको मूल अटोमोबाइल समूह ‘स्टेलान्टिस’को विश्वव्यापी साथ रहेको लिपमोटर चीनको नम्बर १ स्टार्टअप न्यु इनर्जी भेइकल (एनईभी) ब्रान्ड हो । कम्पनीले हालसम्म विश्वभर १७ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ, जसअन्तर्गत जुलाई र अगस्ट गरी लगातार दुई महिनासम्म मासिक १ लाखभन्दा बढी युनिट बिक्री भएको थियो ।

यसका साथै, विश्वका ४५ भन्दा बढी देशहरूमा फैलिएका २ हजार भन्दा धेरै बिक्री तथा सेवा केन्द्रहरूको बृहत् सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई भरपर्दो सेवा र पूर्ण निश्चिन्तता प्रदान गर्दै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...