वीरगन्जमा १७ युनिट अवैध भारतीय इलेक्ट्रिक स्कुटर बरामद

काठमाडौं–पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ ।

अवैध रूपमा भन्सार नतिरी स्कुटरहरू प्रयोग भइरहेको भन्दै सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि प्रहरीले विशेष खोजतलास अभियान चलाएको थियो ।

बरामद गरिएका स्कुटरहरूको कुल बजार मूल्य करिब १३ लाख ६० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिइएका सबै स्कुटरहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...