उद्धार र राहतका लागि सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल
काठमाडौं – भोटेकोसी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका...
काठमाडौं – गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी पश्चात उद्धारका लागि विभिन्न संघ संस्थाहरु क्रियाशील रहेका छन् । यसै सन्दर्भमा विभिन्न स्थानमा पुरिएका संरचनामा मानवीय खोजी कार्यका साथै पूर्वाधार निर्माणमा समेत विभिन्न डोजर, एस्काभेटर लगायतका हेभी इक्विपमेन्ट समेत प्रयोग भएका छन्।
उक्त हेभी इक्विपमेन्ट नेपालमा बिक्री–वितरण तथा मर्मत सम्भार कार्यमा क्रियाशील व्यवसायीहरु समेत यसमा खटेर लागेका छन् । नेपाल हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्र बहादुर अधिकारी (भरत) र सचिव ऐनबहादुर राउत अहिले पनि त्रिशूली ३ ‘ए’ क्षेत्रमा क्रियाशील रहेका छन् । उनीहरूले उद्धार कार्यमा प्रयोग भइरहेका हेभी इक्विपमेन्ट तथा अन्य मेसिनरीको स्थलगत निरीक्षण, मर्मत तथा सञ्चालनमा आवश्यक प्राविधिक सहयोगसमेत गर्दै आएका छन्।
जोखिमपूर्ण भूगोल, क्षतिग्रस्त सडक तथा नदीको तीव्र बहावका बीच मेसिनमार्फत उद्धार तथा अवरोध हटाउने कार्यमा उनीहरूको सक्रिय सहभागिता रहेको छ।
विशेषगरी विपद्का कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि उद्धार कार्यमा प्रयोग भएका मेसिनहरूमा समस्या आउँदा अधिकारी र राउतले तत्कालै मर्मत तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै उद्धार कार्यलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको संघले जनाएको छ।
प्राकृतिक विपद्का बेला उद्धार कार्यमा हेभी इक्विपमेन्टको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले आवश्यक मेसिन, जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराउन महासंघ प्रतिबद्ध रहेको हेभी इक्विमेन्ट व्यवसायी महासंघका महासचिव महेश कुँवरले बताए । उनका अनुसार विपद्को समयमा व्यवसायिक क्षेत्रले आफ्नो सामाजिक दायित्वसमेत निर्वाह गर्दै राज्यको उद्धार तथा पुनःस्थापना अभियानमा हातेमालो गर्नुपर्ने आवश्यकता छ।
महासंघले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार मेसिन तथा प्राविधिक जनशक्ति परिचालन गरी उद्धार, अवरोध हटाउने र क्षतिग्रस्त संरचना पुनः सञ्चालनमा सहयोग पु¥याउने कार्यलाई निरन्तरता दिने जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...