चीनद्वारा आफ्ना गाडी ब्रान्डलाई विदेशी बजारमा मूल्य प्रतिस्पर्धा नगर्न कडा निर्देशन
काठमाडौं–चिनियाँ सरकारले आफ्ना स्वदेशी कार निर्माता कम्पनीहरूलाई विदेशी...
जगुआर ल्याण्ड रोभरले आफ्नो पहिलो इलेक्ट्रिक रेन्ज रोभर सार्वजनिक गरेको छ । हाल यसको निर्माण कार्य भइरहेको छ । यसको उत्पादनका लागि कम्पनीले आफ्ना करिब १० हजार ५०० कर्मचारीलाई तालिम दिइरहेको छ।
रेन्ज रोभर इलेक्ट्रिकको मूल्य करिब १ लाख ३८ हजार अमेरिकी डलर तोकिएको छ। यसले अधिकतम ५४३ हर्सपावर पावर उत्पादन गर्छ र फुल चार्जमा करिब ५३६ किलोमिटरसम्म दुरी तय गर्ने अनुमान गरिएको छ । सो गाडीले ० देखि ९७ किलोमिटर प्रतिघण्टाको गति केवल ४.३ सेकेन्डमा हासिल गर्न सक्छ।
रेन्ज रोभर इलेक्ट्रिकमा ११८ किलोवाट-आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको छ। यसमा ३४४ वटा प्रिज्म्याटिक ब्याट्री सेल समावेश भएको डबल स्ट्याक्ड लिथियम आयन ब्याट्री प्याक समावेश गरिएको छ । सो एसयूभीले अधिकतम ३५० किलोवाटको तीव्र चार्जिङ समर्थन गर्छ। कम्पनीका अनुसार फास्ट चार्जर प्रयोग गरेर ब्याट्रीलाई १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २२ मिनेट मात्र लाग्छ।
यसको इलेक्ट्रिक मोटरमा सिलिकन कार्बाइडमा आधारित सेमीकन्डक्टर प्रयोग गरिएको छ। साथै गाडीमा सिंगल प्याडल ड्राइभिङ मोड पनि उपलब्ध गराएको छ, जसमा चालकले एक्सेलेरेटरबाट खुट्टा हटाउँदा गाडीको गति क्रमशः घटाउन सकिन्छ।कम्पनीका अनुसार सो एसयूभी ३३ डिग्रीसम्मको उकालो चढ्न सक्छ भने ४५ डिग्रीसम्मको रोलिङमा समेत कन्ट्रोल गर्न सकिन्छ । यसमा ट्विन च्याम्बर एयर सस्पेन्सन प्रयोग गरिएको छ । रेन्ज रोभर इलेक्ट्रिकमा छोटो ह्विलबेस र लामो ह्विलबेस गरी दुई प्रकारका कन्फिगरेशन उपलब्ध हुनेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...