शाओमीको वाईयू७ जीटीद्वारा चालक बिनै विश्वकै कठिन रेस ट्र्याक नुर्बुर्गरिङ नोर्डश्लाइफेमा नयाँ कीर्तिमान
शाओमीले अटोमोबाइल क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ।...
काठमाडौं - नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)द्वारा आयोजित बाग्मती अटो जिमखाना च्याम्पियनसिपको उपाधि आशिष भारती “रोनी” ले हात पारेका छन् । वागमती प्रदेश खेलकूद विकास परिषद्को सहयोग र मोटोभर्स स्पोर्ट्स क्लवको व्यवस्थापनमा सम्पन्न यस “एक्सट्रिम इनर्जी प्रिजेन्टस बाग्मती अटो जिमखाना च्याम्पियनसिप पावर्ड बाई लिक्वी मोली” प्रतियोगितामा रविन सुनुवार “रेहान” र वर्षा बस्नेत क्रमशः दोश्रो र तेस्रो भए ।
यस विजयसहित रोनी, रेहान र वर्षा यसै बर्ष एसियाका विभिन्न देशमा सञ्चालन हुने एसिया अटो जिमखाना च्याम्पियनसिप (एएजीसी)मा छनौट भए भने बेस्ट टाइमिङको आधारमा निमेश ठकुरी, कविन ठकुरी र विपास्ना तामाङ समेत सोको लागि वरियतामा परे ।
सो अन्तराष्ट्रिय अवसरका साथै विजेता रोनीले पुरस्कार रकम ८० हजार रुपैयाँ, दोश्रोमा रेहानले पुरस्कार रकम ४० हजार र उत्कृष्ट महिला खेलाडी भई तेस्रो स्थानमा रहेर वर्षाले पुरस्कार रकम ४० हजार रुपैयाँसहित शिल्ड र सर्टिफिकेट प्राप्त गरे ।
नासा नेपालका अध्यक्ष दसरथ रिसाल, सह–कोषाध्यक्ष कमला छेत्री र सदस्य यदुराज लामिछाने तथा राष्टिय खेलकुद परिषदका कानून अधिकृत नारायण राज अर्याल लगायतले विजयी खेलाडीलाई पुरस्कृत गरे ।
तारकेश्वरको लोलाङ स्थित अक्सफोर्ड ड्राइभिङ ट्रेनिङ सेन्टरमा भएको सो जिमखानामा देशभरिबाट २ महिला सहित १२ जना ड्राइभरहरु सहभागी थिए ।
अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) को मान्यता प्राप्त एसिया महादेशको सबैभन्दा ठूलो इभेन्ट एसिया प्यासिफिक मोटर स्पोर्ट च्याम्पियनसिपको अटो जिमखानामा समेत यिनै खेलाडीले प्रतिस्पर्धाको अवसर पाउनेछन् । एएजीसी यसै महिनादेखि डिसेम्बर सम्म तसकेन्त, हङकङ, थाइल्यान्ड, भारत र चाइनिज ताइपेइमा हुनेछ भने एपीएमसी आउँदो अक्टोबरको चौथो हप्ता थाइल्यान्डमा आयोजना हुँदैछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...