उद्धार र राहतका लागि सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल

काठमाडौं - भोटेकोसी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना देशभरका सदस्यसँग सवारीसाधन माग गरेको छ ।

महासंघका महासचिव शिवहरि घिमिरेले शनिबार परिपत्र जारी गर्दै बाढीपीडितको सहयोगार्थ मिनीट्रक, पिकअपलगायत सवारीसाधन उपलब्ध गराउन सम्पूर्ण सदस्यलाई अपिल गरेका हुन् ।

विज्ञप्तिमा भोटेकोसीको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा अकल्पनीय मानवीय एवं भौतिक क्षति पुर्‍याएको उल्लेख छ । मुलुक अत्यन्त ठूलो पीडामा रहेको वर्तमान परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु साझा दायित्व भएको महासंघले जनाएको छ ।

बाढीबाट अतिप्रभावित रसुवा, नुवाकोटलगायत जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्रालयसँगको समन्वयमा तत्काल राहत सामग्री पुर्‍याउन र हजारौँ बाढीपीडितलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ लैजान सवारीसाधनको आवश्यकता परेको महासंघले स्पष्ट पारेको छ । उक्त मानवीय कार्यका लागि तत्काल पिकअप, मिनीट्रकजस्ता सवारीसाधन उपलब्ध गराइदिन सदस्यहरुलाई अनुरोध गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...