बाढी प्रभावितका लागि मेघा मोटर्सद्वारा १० लाख सहयोग

काठमाडौँ — रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि मेगा मोटर्स प्रालिले १० लाख सहयोग हस्तान्तरण गरेको छ ।

बाढीका कारण पुगेको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको हो ।

बाढी प्रभावित क्षेत्रमा सरकारी निकाय, सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाहरू राहत तथा उद्धारमा खटिरहेको समयमा निजी क्षेत्रका तर्फबाट यो सहयोग अघि बढाइएको हो । कम्पनीका प्रबन्ध निर्देशक महेश पालले यस कठिन घडीमा पीडित परिवार तथा स्थानीय समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग रकम उपलब्ध गराएको बताए ।

उक्त सहयोगले बाढी प्रभावित क्षेत्रमा भइरहेका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यहरूमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास कम्पनीले लिएको छ ।

संस्थागत सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दै भविष्यमा पनि देशमा पर्ने यस्ता विपद्का समयमा नेपाली जनताको साथमा रहने प्रतिबद्धता कम्पनीले दोहोर्याएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...