हरेक स्कुटरको बिक्रीमा ग्राहककै नामबाट उद्धार कोषमा २ हजार रुपैयाँ जम्मा गरिने
काठमाडौँ–जेरो एमिसन राइड एनले देशमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित...
काठमाडौँ । नेपाली विद्युतीय सवारी (ईभी) बजार यतिबेला निकै रोचक र चुनौतीपूर्ण मोडमा पुगेको छ । विशेष गरी नाडा अटो शो २०२६ मा ३० लाखदेखि ४० लाख रुपैयाँको मूल्य सीमाभित्र रहेका गाडीहरूमा देखिएको प्राइस वार (मूल्य युद्ध) ले बजारमा नयाँ तरङ्ग पैदा गरेको छ ।
कुनै समय सीमित विकल्प मात्र रहेको यो सेग्मेन्टमा अहिले प्रिमियम ह्याचब्याकदेखि अत्याधुनिक एसयूभीसम्म उपलब्ध छन् । उपभोक्ताका लागि एउटै बजेटमा फरक डिजाइन, ब्रान्ड र विशेषता भएका थुप्रै विकल्प खुल्दा अबको प्रतिस्पर्धा केवल सस्तो मूल्यमा मात्र सीमित नभई फिचर, रेन्ज र बिक्रीपछिको सेवामा केन्द्रित हुन थालेको छ ।
३० लाखदेखि ४० लाखको ‘हट सेग्मेन्ट’
नेपाली बजारको सबैभन्दा बढी माग हुने ३० लाखदेखि ५० लाखको रेन्जमा अहिले चिनियाँ, भारतीय र जापानी ब्रान्डहरूबीच ग्राहक तान्ने होडबाजी चलेको छ । नाडा अटो शोलाई लक्षित गर्दै कम्पनीहरूले मूल्य समायोजन र नयाँ अफरहरू सार्वजनिक गरेका छन् ।
उक्त सेग्मेन्टमा टाटा पन्च ईभी ३३ लाख ९९ हजारदेखि ३७ लाख ९९ हजार रुपैयाँसम्ममा उपलब्ध छ । त्यस्तै, बीवाईडी एट्टो १ ३० लाख ७५ हजारदेखि ३४ लाख ८० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ४०० किलोमिटर रेन्जको दाबीसहित भित्रिएको चेरी क्यू ३० लाख ९९ हजारदेखि ३२ लाख ९९ हजारको रेन्जमा उपलब्ध छ ।
अन्य प्रतिस्पर्धीहरूमा लिपमोटर टी–०३ (३२ लाख ९९ हजार), प्रोटोन ईमास ७ (३२ लाख ९९ हजारदेखि ३६ लाख ९९ हजार) र एमजी विन्डसर (३९ लाख ७५ हजार) बीच कडा प्रतिस्पर्धा देखिएको छ ।
नामी भिगोले मूल्यमा गरेको भारी कटौतीले यो सेग्मेन्टमा थप दबाब सिर्जना गरेको छ, जसको असर ४० लाख माथिका मोडलहरूमा समेत पर्न थालेको छ । नामी भिगोको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ छ । यसको माग तीव्र भएसँगै अफर मूल्यलाई हटाएर यसको हाल मूल्य ३७ लाख ९९ हजार रुपैयाँ नै कायम गरिएको छ ।
साना र सिटी कारमा आकर्षणः १८ लाखमै ईभी
कम बजेट भएका ग्राहकका लागि १८ लाख ५० हजारदेखि ३० लाख रुपैयाँसम्मको सेग्मेन्टमा पनि विकल्पको बाढी नै छ । एमजी कोमेट ईभी १८ लाख ७५ हजारको सुरुवाती मूल्यमा उपलब्ध छ भने हेन्री भोल्ट्सका दुई भेरियन्ट १८ लाख ५० हजार र २२ लाख ५० हजार रुपैयाँमा पाइन्छन् ।
यस्तै, वुलिङ मिनी ईभी १९ लाख ९९ हजार र बोमा ईभी २० लाख ९९ हजारदेखि २५ लाख ९९ हजार रुपैयाँसम्ममा उपलब्ध छन् । टाटाको लोकप्रिय टियागो ईभी २८ लाख ९९ हजारदेखि २९ लाख ९९ हजार रुपैयाँमा बिक्री भइरहेको छ, जसमा कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरको विशेष वारेन्टी अफर समेत ल्याएको छ ।
प्रिमियम सेग्मेन्ट र नयाँ मूल्य निर्धारण
४० लाखदेखि ५० लाखको सेग्मेन्टमा पनि प्रतिस्पर्धा उत्तिकै छ । बीवाईडी एट्टो २ ४५ लाख ९५ हजार र ४८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ भने जीडब्लुएमको ओरा ०३ ४८ लाख ४१ हजार रुपैयाँबाट सुरु हुन्छ ।
व्यवसायीहरूका अनुसार अहिलेको मूल्य कटौती केवल अटो शो अफर मात्र हो कि बजारको नयाँ स्थायी मूल्य हो भन्नेमा अन्योल छ । यदि ब्रान्डहरूले यसैगरी मूल्य समायोजन गर्दै लगेमा ३० लाखदेखि ४० लाखको सेग्मेन्ट नेपाली ईभी बजारकै सबैभन्दा प्रतिस्पर्धात्मक क्षेत्र बन्ने निश्चित छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...