नाइमा अफर : सीएफमोटो र जिहो किन्दा २० हजार रुपैयाँ नगद छुट
काठमाडौं – नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा नेपालमा सीएफमोटो...
काठमाडौं - नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार भइरहेका बेला जीओ अटोमोबाइल्स प्रालि र ई-ड्राइभ नेपाल बीच ५० वटा एमजी विन्डसर कम्युट ईभी उपलब्ध गराउने सम्झौता भएको छ।
जेएसडब्ल्यू एमजी मोटर इन्डियाको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र विद्युतीय राइड–सेयरिङ सेवा प्रदायक ई-ड्राइभ नेपालबीच भएको सम्झौताअन्तर्गत पहिलो चरणमा १६ वटा एमजी विन्डसर ईभी बिहीबार हस्तान्तरण गरिएको हो। यस सम्झौताले नेपालमा व्यावसायिक फ्लीटमा विद्युतीय सवारीसाधनको प्रयोगलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले ५० वटा एमजी विन्डसर ईभी खरिदले नेपालको व्यावसायिक क्षेत्रमा विद्युतीय मोबिलिटीप्रतिको बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेको बताए।
उनका अनुसार ई-ड्राइभ नेपालसँगको साझेदारी दिगो तथा अत्याधुनिक मोबिलिटी समाधान उपलब्ध गराउने कम्पनीको योजनासँग मेल खान्छ। एमजी विन्डसर कम्युटले आराम, प्रविधि र दक्षताको संयोजन गर्ने भएकाले आधुनिक फ्लीट सञ्चालनका लागि उपयुक्त हुने उनको भनाइ छ।
ई-ड्राइभ नेपालका प्रतिनिधिले एमजी विन्डसर ईभीलाई आफ्नो फ्लीटमा समावेश गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए। यसबाट प्रयोगकर्तालाई प्रिमियम, किफायती तथा शून्य उत्सर्जनयुक्त यातायात सेवा उपलब्ध गराउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।
एमजी विन्डसर ईभीमा ३८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। यसले १०० किलोवाटसम्मको अधिकतम शक्ति र २०० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।
एकपटक पूर्ण चार्ज गर्दा यसले ३३० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ। व्यावसायिक फ्लीटका लागि द्रुत चार्जिङ सुविधा उपलब्ध हुनु यसको अर्को महत्वपूर्ण विशेषता हो।
सवारीसाधनमा १३५ डिग्रीसम्म पछाडि ढल्काउन मिल्ने एरो–लाउन्ज सिट राखिएको छ, जसले यात्रुलाई थप आराम प्रदान गर्ने कम्पनीको भनाइ छ। त्यस्तै, नेपालको विविध सडक अवस्थालाई ध्यानमा राख्दै १८६ मिलिमिटर ग्राउन्ड क्लियरेन्स उपलब्ध गराइएको छ।
एमजी विन्डसर ईभीको उच्च भोल्टेज मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर, जुन पहिले आउँछ, सम्मको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ।
त्यसैगरी, उच्च भोल्टेज मोटरबाहेक सम्पूर्ण सवारीसाधनमा व्यावसायिक प्रयोगका लागि ३ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी रहेको छ।
जीओ अटोमोबाइल्सले आफ्नो सर्भिस नेटवर्कमार्फत स्पेयर पार्ट्स तथा मर्मतसम्भार सेवा सहज रूपमा उपलब्ध गराउने जनाएको छ। यसले व्यावसायिक फ्लीटको सञ्चालन र मर्मतसम्भारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
जीओ अटोमोबाइल्स प्रालि. गोल्छा अर्गनाइजेसनअन्तर्गत सन् १९३० मा स्थापना भएको कम्पनी हो। कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डलाई नेपाली बजारमा भित्र्याउँदै बिक्री, वितरण तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। कम्पनीले देशभरको वितरण तथा सर्भिस नेटवर्कमार्फत नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको जनाएको छ।
सन् २०२२ मा स्थापना भएको ई ड्राइभ नेपाल विद्युतीय सवारीसाधनमा केन्द्रित राइड–सेयरिङ सेवा प्रदायक कम्पनी हो। कम्पनीले सुरक्षित, किफायती र वातावरणमैत्री यातायात सेवा उपलब्ध गराउने उद्देश्यले फ्लीटमा आधारित सेवा सञ्चालन गर्दै आएको छ।
कम्पनीले यात्रुको सुरक्षा र सहजतालाई प्राथमिकता दिँदै लाइभ ड्राइभर लोकेसन ट्र्याकिङ, आपतकालीन सम्पर्क तथा यात्रु र चालकका लागि बीमा कभरेज लगायतका सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।
काठमाडौं उपत्यकाबाट सेवा सुरु गरेको ई-ड्राइभ नेपालले पछिल्लो समय आफ्नो सेवा अन्य क्षेत्रमा समेत विस्तार गर्दै विद्युतीय तथा दिगो मोबिलिटीलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
५० वटा एमजी विन्डसर ईभीको सम्झौता र पहिलो चरणमा १६ वटा सवारीसाधनको हस्तान्तरणसँगै नेपालमा व्यावसायिक यातायात क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग थप बढ्ने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...