कारको हेडलाइटलाई प्रोजेक्टरको रुपमा उपयोग गर्न सकिने एक्सपिक्सेल प्रविधि सार्वजनिक
चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले बेइजिङ अटो शोमा प्रस्तुत गरेको...
काठमाडौं–साउन २६ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पो र भदौ ९ गतेदेखि हुने नाडा अटो शो दुईपाङ्ग्रे पारखीहरूका लागि मुख्य आकर्षण बन्ने भएका छन् । यसपटक नेपाली बजारमा एड्भेन्चर मोटरसाइकल, रेट्रो डिजाइन र प्रिमियम विद्युतीय स्कुटरहरू प्रमुख प्रतिस्पर्धामा रहनेछन् ।
एड्भेन्चर सेग्मेन्टमा मोर्बिडेलीको नयाँ बजेट एड्भेन्चर बाइक भित्रिँदैछ भने सीएफमोटोले आफ्नो ४५० एमटीको २०२६ संस्करण बजारमा ल्याउँदैछ । त्यसैगरी हिरोले ६–स्पीड गियरबक्स र टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टरसहितको एक्सपल्स २१० प्रदर्शन गर्ने तयारी गरेको छ ।
यामाहाको चर्चित रेट्रो मोडल एक्सएसआर १५५ पनि एमएडब्लू राइड्समार्फत नाडा अटो शोमा सार्वजनिक हुनेछ । जगदम्बा मोटर्सले भारतीय बजारमा हालै लन्च भएको टीभीएसको पहिलो एड्भेन्चर मोटरसाइकल आरटीएक्स ३०० लाई पनि नाइमा एक्सपोमै लन्च गर्ने तयारी गरेको छ । हाल नेपालका विभिन्न सडकमा यसको परिक्षण भइरहेको छ ।
स्कुटर तथा ईभी सेग्मेन्टतर्फ एसयूभी अफ स्कुटर्स अवधारणामा बनेको रिभर इन्डी र बजाज चेतकका दुई नयाँ भेरियन्ट नाइमा एक्स्पोमा सार्वजनिक हुनेछन् । यस्तै हिरोले भिडा भीएक्स टुर टु प्लस विद्युतीय स्कुटर र बालबालिकाका लागि लक्षित भिडा डर्ट ईके थ्री इलेक्ट्रिक डर्ट बाइक पनि प्रदर्शनीमा राख्नेछ ।
यसका साथै अल्ट्राभायोलेट, एथर, रोयल इन्फिल्ड, ट्रायम्फ, केटीएम र याडिया जस्ता ब्रान्डहरूले आफ्ना नयाँ मोडलहरू प्रस्तुत गर्ने तयारी गरेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...