कारको हेडलाइटलाई प्रोजेक्टरको रुपमा उपयोग गर्न सकिने एक्सपिक्सेल प्रविधि सार्वजनिक
चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले बेइजिङ अटो शोमा प्रस्तुत गरेको...
१० दिनसम्म चलेको बेइजिङ अटो शो २०२६ मे ३ मा समापन भएको छ । यसपटकको अटो शोलाई १२ लाख ८० हजार दर्शकले अवलोकन गरेको आधिकारिक तथ्याङ्क सार्बजनिक भएको छ ।
‘युग चलाउँदै, स्मार्ट भविष्य’ भन्ने विषयवस्तु अन्तर्गत आयोजित सो कार्यक्रम चीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र (शुन्यी) र राजधानी अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गरिएको थियो । कुल ३ लाख ८० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनी स्थलमा १७ ठूला हल निर्माण गरिएका थिए । जुन विश्वव्यापी रूपमा कुनै पनि अटो शोको लागि रेकर्ड गरिएको सबैभन्दा ठूलो फुटप्रिन्ट रहेको दाबी गरिएको छ ।
मेलामा १८१ ग्लोवल डेब्यू र ७१ वटा कन्सेप्ट कार सहित कुल १ हजार ४५१ सवारी साधन प्रदर्शन गरिएका थिए ।
शोमा ६५ हजार विदेशी आगन्तुक र ३२ हजार मिडिया प्रतिनिधि सहभागी थिए ।
कार्यक्रमको अवधिमा, ५० भन्दा बढी उद्योग मञ्चहरू, शिखर सम्मेलनहरू र म्याचमेकिंग सत्रहरूसँगै २१९ वटा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । २१ देशका विभिन्न अटोमोबाइल ब्राण्डले सहभागिता जनाएको उक्त मेलामा
सवारी साधन विकास, मुख्य कम्पोनेन्ट र इन्टेलिजेन्ज सिस्टमहरु समावेश थिए ।
अटो शो अवलोकन गर्न नेपालबाट समेत विभिन्न कम्पनीका प्रतिनिधी, मिडिया प्रतिनिधी तथा इन्फ्लुएन्सरहरु बेइजिङ पुगेका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...