नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
काठमाडौं – बहुप्रतीक्षित चेरी क्यु आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि...
काठमाडौं–हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित अटोमोबाइल ब्रान्ड डोङफेङका ठूला विद्युतीय बसहरू नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ ।
नेपाल सरकारको ठूला विद्युतीय बस प्रवद्र्धन गर्ने नीति र नेपाली ग्राहकको मागलाई ध्यानमा राख्दै आयाम इन्टरकन्टिनेन्टलले यी बसहरू यही भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाईमा अटो एक्स्पोमा आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको हो ।
कम्पनीले एक्स्पोमार्फत पहिलो चरणमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका दुई मोडलका विद्युतीय बस सार्वजनिक गर्दैछ । निकट भविष्यमै ९ र १२ मिटर लम्बाइका ३८ तथा ५२ सिट क्षमता भएका बसहरू पनि ल्याउने योजना कम्पनीको छ ।
सन् १९६९ मा स्थापना भएको चिनियाँ सरकारी स्वामित्वको डोङफेङ मोटर कर्पोरेसन विश्वकै अग्रणी अटोमोबाइल उत्पादकमध्ये एक मानिन्छ । गुणस्तरीय उत्पादन, नवीन प्रविधि र सुरक्षाका कारण ५ दशकभन्दा लामो इतिहास बोकेको यस ब्रान्डका सवारी साधन एसिया, युरोप, अफ्रिका, मध्यपूर्व र दक्षिण अमेरिकालगायत विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन् । नेपालमा पनि यसअघि नै डोङफेङ ब्रान्डका ट्रक, कार र माइक्रोबसहरू लोकप्रिय रहिसकेका छन् ।
नेपालमा यसअघि भारतको फोर्स मोटर्स र चीनको म्याक्सस ब्रान्डका गाडी बिक्री–वितरण गर्दै आएको हिमालय अर्गनाइजेसनले डोङफेङका बसहरू बजारमा उपलब्ध अन्य कम्पनीका बसको तुलनामा निकै प्रतिस्पर्धी र आकर्षक मूल्यमा सार्वजनिक गर्ने जनाएको छ । एक्स्पोमा गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटको व्यवस्था गरिएको छ भने बिक्रीपछिको सेवा तथा स्पेयर पाट्र्सको उपलब्धताका लागि देशभरका शाखा र डिलर नेटवर्कलाई परिचालन गरिने कम्पनीले जानकारी दिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...