४५० किलोमिटरसम्मको रेन्ज दिने नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ल्याउने तयारी गर्दै हुन्डाई

हुन्डाईले भारतीय बजारलाई लक्षित गर्दै नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी विकास गरिरहेको छ। सो एसयूभी परीक्षण क्रममा धेरै पटक देखिइसकेको छ। रिपोर्टअनुसार नयाँ इलेक्ट्रिक एसयूभी आकारका हिसाबले हुन्डाई भेन्यूसँग मिल्दोजुल्दो हुनेछ।

नयाँ इलेक्ट्रिक एसयूभी ४ मिटरभन्दा कम लम्बाइको हुने सम्भावना छ। नयाँ मोडलका लागि कम्पनीले नयाँ नामसमेत प्रयोग गर्न सक्ने चर्चा छ। हाल हुन्डाईले भारतीय बजारमा ४ मिटरभन्दा कम आकारको इलेक्ट्रिक एसयूभी बिक्री गर्दैन।

यसको डिजाइन बक्सी र तथा मस्कुलर शैलीको हुने सम्भावना छ। यसको क्याबिन पनि प्रिमियम बनाउन हुन्डाईले विभिन्न आधुनिक प्रविधि उपलब्ध गराउने तयारी गरेको छ। नयाँ एसयूभीमा १२.३ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र १२.३ इन्चकै टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुन सक्नेछ। साथै यसमा प्यानोरामिक सनरुफ, वायरलेस मोबाइल चार्जिङ, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एडासजस्ता फिचर पनि समावेश हुने अपेक्षा गरिएको छ। सेफ्टीका लागि यसमा एडास र ६ वटा एयरब्यागजस्ता समावेश हुनेछ ।

कम्पनीले आफ्नो विश्वव्यापी इलेक्ट्रिक एसयूभी इन्स्टर ईभीमा प्रयोग गर्दै आएको प्रविधिबाट प्रेरित भएर ४२ किलोवाट आवर र ४९ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध गराउन सक्ने अनुमान गरिएको छ। यसको ब्याट्रीले फुल चार्जमा करिब ४०० देखि ४५० किलोमिटरसम्मको रेन्ज दिन सक्ने अपेक्षा गरिएको छ।

हुन्डाईले सन् २०२७ को अन्त्यसम्ममा भारतीय बजारमा यी दुई नयाँ मोडल लन्च गर्ने अनुमान गरिएको छ । यद्यपि, कम्पनीले अहिलेसम्म यसको आधिकारिक लन्च मिति भने सार्वजनिक गरेको छैन।भारतीय बजारमा यसको मूल्य करिब १२ लाखदेखि १८ लाख भारुसम्म हुन सक्ने अनुमान गरिएको छ। लन्चिङ पछि यसले टाटा पन्च ईभी, टाटा नेक्सन ईभी, महिन्द्रा एक्सयूभी ३एक्सओ ईभी र किया सिरोस ईभीजस्ता इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...