नयाँ डिजाइन, आधुनिक प्रविधि र पावरफुल अफरोड क्षमतासहित २०२६ टोयोटा हाइलक्स लन्च
टोयोटाले भारतीय बजारमा नवौं पुस्ताको पिकअप एसयूभी टोयोटा हाइलक्स लन्च...
काठमाडौं–गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा ब्रान्डका कुल १३१ युनिट कार आयात भएका छन् ।
नेपाल भित्रिएका गाडीहरूमध्ये सबैभन्दा बढी संख्या प्राडोको रहेको छ, जसको आयात ८५ युनिट पुगेको छ । त्यसैगरी, ल्यान्ड क्रुजर २४ युनिट, -याभ फोर १६ युनिट, फर्चुनर ५ युनिट र यारिस जीआर मात्र १ युनिट भित्रिएका छन् ।
पछिल्ला केही वर्षयता नेपाली बजारमा लक्जरी र प्रिमियम सेग्मेन्टमा विद्युतीय सवारी साधन (ईभी) को माग तीव्र रूपमा बढेसँगै टोयोटाका महंगा इन्धन गाडीको बिक्रीमा दबाब परेको देखिन्छ ।
टोयोटा ब्रान्डको सबैभन्दा सस्तो कार यारिस क्रसको मूल्य १ करोड २९ लाख रुपैयाँ रहेको छ भने सबैभन्दा महंगो मोडल ल्यान्ड क्रुजर ३०० को मूल्य ५ करोड रुपैयाँसम्म पर्छ ।
नेपाली बजारमा युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले टोयोटाका गाडी आयात गरी बिक्री–वितरण गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...