सिप्रदी अटोपार्ट्सद्वारा च्यानल पार्टनर्सको दोस्रो पुस्ताका लागि उद्यमशीलता विकास तालिम सुरु
काठमाडौं – टाटा जेन्युइन पार्ट्सका आधिकारिक बिक्रेता सिप्रदी...
काठमाडौँ–भारतीय अटोमोबाइल निर्माता कम्पनी टाटा मोटर्सले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी नेक्सलाई दक्षिण अफ्रिकी बजारमा भित्र्याउने घोषणा गरेको छ । दक्षिण अफ्रिकी बजारमा भने यो गाडी ’टाटा ओस्प्रे’को नाममा बिक्री हुनेछ ।
टाटा मोटर्सका अनुसार नयाँ नाम ’ओस्प्रे’ दक्षिण अफ्रिकाका विभिन्न भू–भागमा पाइने एक विशेष सिकारी चराबाट प्रेरित भएर राखिएको हो । कम्पनीले यसअघि पनि आफ्ना धेरै गाडीहरूको नाम चरा तथा जनावरहरूबाट प्रेरित भएर राख्दै आएको छ ।
‘टाटा ओस्प्रे’ भारतमा उपलब्ध नेक्सन जस्तै डिजाइन र फिचर्समा आउने अपेक्षा गरिएको छ । नेक्सन ‘ग्लोबल एनक्याप’को क्र्यास टेस्टमा ५–स्टार सुरक्षा रेटिङ प्राप्त गर्ने पहिलो भारतीय कार हो, जसलाई कम्पनीले दक्षिण अफ्रिकी बजारमा पनि मुख्य खम्बाको रूपमा प्रस्तुत गर्दैछ ।
भारतमा नेक्सन १.२ लिटर ३–सिलिन्डर टर्बो–पेट्रोल, १.५–लिटर टर्बोचाज्र्ड डिजेल, सीएनजी र इलेक्ट्रिक पावरट्रेनमा उपलब्ध छ । टाटा मोटर्सले दक्षिण अफ्रिकामा बिक्री हुने ’ओस्प्रे’ को प्राविधिक विवरण भने सार्बजनिक गरेको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...