एमजीको नयाँ ७ सिटर एसयूभी इलेक्ट्रिक संस्करणसँगै प्लग इन हाइब्रिड भेरिएन्टमा पनि आउँदै

जेएसडब्ल्यू एमजी मोटर इन्डियाले भारतीय बजारमा नयाँ ३ पङ्क्तिको ७ सिटर इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने योजना बनाएको छ। सो नयाँ मोडल नयाँ एमजी एडाप्ट प्लेटफर्ममा आधारित पहिलो सवारी हुनेछ।

रिपोर्टका अनुसार ६९ किलोवाट आवर ब्याट्री प्याक र २१० बीएचपी क्षमताको इलेक्ट्रिक मोटर हुनेछ। कम्पनीको दाबीअनुसार यसले फुल चार्जमा करिब ६०० किलोमिटरको रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ। यसले महिन्द्राको एक्सईभी ९एस र कियाका आगामी इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।

नयाँ एसयूभीको लम्बाइ ४७४५ एमएम, चौडाइ १८५० एमएम र उचाइ १७५५ एमएम हुनेछ भने यसको ह्विलबेस २८१० एमएम हुनेछ। यसमा २+३+२ सिटिङ लेआउट हुनेछ । यसको एक्टेरियर डिजाइनमा एलईडी लाइट, १९ इन्चका अलोय ह्विल, प्रिमियम क्याबिन, मल्टिपल स्क्रिन, प्यानोरामिक सनरुफ र आधुनिक प्रविधि जस्ता फिचर पनि समावेश हुनेछ।

एमजीले सो एसयूभीको इलेक्ट्रिक संस्करणसँगै प्लग इन हाइब्रिड भेरिएन्ट पनि बजारमा ल्याउने तयारी गरिरहेको छ। प्लग इन हाइब्रिड संस्करणमा १.५ लिटर पेट्रोल इन्जिन र २०.५ किलोवाट आवर क्षमताको ब्याट्री हुने बताइएको छ। यसले केवल इलेक्ट्रिक मोडमा १२५ किलोमिटर रेन्ज तथा फ्युल र ब्याट्री दुवैको संयुक्त प्रयोगबाट कुल ११०० किलोमिटरसम्मको रेन्ज उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ।

नयाँ एमजी ७ सिटर इलेक्ट्रिक एसयूभीको मूल्य भारतीय बजारमा २० लाखदेखि २५ लाख भारुको बीचमा हुने अनुमान गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...