हिरोका नयाँ प्रिमियम मोटरसाइकल १५० देखि ३५० सीसी सेग्मेन्टमा आउने
विश्वकै ठूलो दुई–पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले...
हिरो मोटोकर्पले नयाँ प्रिमियम मोटरसाइकल हिरो करिज्मा एक्सएमआर २५० सार्वजनिक गर्ने भएको छ। सो बाइक केही साताभित्रै भारतीय बजारमा लन्च गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले हिरो करिज्मा एक्सएमआर २५० लाई पहिलो पटक सन् २०२४ मा आयोजित ईआईसीएमएमा सार्वजनिक गरेको थियो। हालै सार्वजनिक भएका तस्बिरमा यो रातो र कालो ड्युअल टोन रङमा देखिएको छ, जसले यसको स्पोर्टी पहिचानलाई अझ आकर्षक बनाएको छ।
नयाँ करिज्मा एक्सएमआर २५० मा फुल-फेयरिङ स्पोर्ट्स डिजाइन, अलोय ह्विल र रोड बायस्ड टायर प्रयोग गरिएको छ। साथै स्प्लिट एलईडी हेडल्याम्प, क्लिप-अन ह्यान्डलबार, इन्टिग्रेटेड विङलेट्स, टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, स्लिपर र असिस्ट क्लच, डुअल-च्यानल एबीएस, इन्टेलिजेन्ट अटोमेटिक इल्युमिनेसन सिस्टम र हिरो कनेक्ट २.० जस्ता फिचर उपलब्ध हुने अपेक्षा गरिएको छ। हिरो कनेक्ट २.० मार्फत ३५ भन्दा बढी कनेक्टेड फिचर प्रयोग गर्न सकिनेछ, जसमा टर्न-बाइ-टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल लगायतका फिचर समावेश हुनेछ।
यसमा २५० सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्विड-कुल्ड इन्जिन हुनेछ, जसले २९.६ बीएचपी पावर र २५ एनएम टर्क उत्पादन गर्नेछ। सो इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिनेछ। सस्पेन्सनका लागि अगाडि गोल्डेन यूएसडी फोर्क र पछाडि प्रिलोड समायोजन गर्न मिल्ने मोनोशक सस्पेन्सन उपलब्ध हुनेछ।
भारतीय बजारमा लन्च भएपछि हिरो करिज्मा एक्सएमआर २५०ले सुजुकी जिक्सर एसएफ २५०, केटीएम आरसी २०० र भविष्यमा लन्च हुने अपेक्षा गरिएको यामाहा आर२ सँग प्रतिस्पर्धा गर्नेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...