बुटवलमा फोटोन मोटर्सको नयाँ शोरुम उदघाटन, पश्चिम नेपालमा अब सशक्त उपस्थिति
बुटवल – फोटोन मोटर्स नेपालले असार १५ गते बुटवलमा आफ्नो नयाँ शोरुमको...
काठमाडौं–फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धि कमर्सियल भेइकल्सले देशव्यापी रूपमा आफ्नो ’टोटल केयर नेटवर्क’ विस्तार गरेको छ ।
कम्पनीले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा ५ नयाँ आधिकारिक फोटोन टोटल केयर शिल्ड सर्भिस प्वाइन्ट सञ्चालनमा ल्याएको हो ।
यस नयाँ विस्तारसँगै फोटोन्को देशभर बिक्रीपछिको सेवा नेटवर्क २१ भन्दा बढी स्थानमा पुगेको छ । यो विस्तारले देशभरका ग्राहकहरूलाई स्थानीय स्तरमै विद्युतीय सवारीसाधनको भरपर्दो मर्मतसम्भार र प्राविधिक सहायता प्राप्त गर्न थप सहज बनाउने कम्पनीले विश्वास लिएको छ ।
नयाँ स्थापना गरिएका सर्भिस पोइन्टहरूले सम्बन्धित क्षेत्र तथा आसपासका फोटोन ग्राहकहरूलाई छिटो र सुविधाजनक सेवा प्रदान गर्नेछन् । विशेष गरी दैनिक सञ्चालनका लागि सवारीसाधनमा निर्भर रहने शैक्षिक संस्थाहरू, लजिस्टिक्स व्यवसायीहरू र व्यावसायिक सवारीसाधन सञ्चालकहरूका लागि समयमै उपलब्ध हुने यो बिक्रीपछिको सेवा विशेष महत्त्वपूर्ण हुने देखिएको छ ।
फोटोन टोटल केयर नेटवर्कमार्फत ग्राहकहरूले नियमित मर्मतसम्भार, प्राविधिक परीक्षण, मर्मत तथा वारेन्टी सहयोग जस्ता सेवाहरू पाउनेछन् ।
नयाँ सर्भिस पोइन्टहरूमा फोटोनका विद्युतीय सवारीसाधनका लागि आवश्यक विशेष डायग्नोस्टिक्स उपकरण, तालिमप्राप्त ईभी प्राविधिकहरू र जेन्युइन स्पेयर पाट्र्सहरू उपलब्ध गराइएको छ ।
नेपालको भूगोल र सञ्चालन अवस्था अनुकूल तयार पारिएको यो कार्यक्रमले व्यावसायिक सवारीसाधनलाई निरन्तर सञ्चालनमा राख्न र व्यवसायलाई सहज रूपमा अघि बढाउन मद्दत पु¥याउने विश्वास कम्पनीले लिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...