बुटवलमा फोटोन मोटर्सको नयाँ शोरुम उदघाटन, पश्चिम नेपालमा अब सशक्त उपस्थिति

बुटवल – फोटोन मोटर्स नेपालले असार १५ गते बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ। यो विस्तारसँगै कम्पनीले नेपालभरी आफ्नो पहुँच विस्तार गर्ने र देशको पश्चिमी भेगका ग्राहकसमक्ष आफ्ना उत्पादन तथा सेवाहरू अझ नजिकै पुर्याउने प्रयासलाई थप मजबुत बनाएको छ।

व्यापारिक एवम् यातायातको प्रमुख केन्द्रका रूपमा रहेको बुटवलमा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा त्यस आसपासका जिल्लाका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ। यसले उक्त क्षेत्रका सवारीधनी तथा सम्भावित खरिदकर्ताका लागि फोटोनका सेवा र सवारीसाधनहरूमा पहुँच अझ सहज बनाउने विश्वास गरिएको छ।

असार १५ गते आयोजित औपचारिक उद्घाटन समारोहमा फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटोन नेपालका कन्ट्री म्यानेजर साइरसले संयुक्त रूपमा रिबन काटेर शोरुमको उद्घाटन गरे ।

बुटवलको मणिग्राममा स्थापना गरिएको नयाँ शोरुम पूर्ण थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहित सञ्चालनमा आएको हो। एउटै स्थानबाट सवारी बिक्री, आफ्टर सेल्स सर्भिस तथा जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराइने भएकाले ग्राहकले टाढाका अन्य शहर धाउनुपर्ने झन्झटबाट राहत पाउनेछन्। यसरी ग्राहकलाई सहज, भरपर्दो र निरन्तर सेवा अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ। यस सुविधाले फोटोनका ग्राहकलाई केवल गाडी किन्ने समयमा मात्र होइन, त्यसको सम्पूर्ण उपयोग अवधिभर साथ र सेवा उपलब्ध गराउने भरपर्दो सेवा सञ्जाल निर्माण गर्ने फोटोनको प्रतिबद्धता झल्काएको छ।

कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले बुटवल शोरुम केवल व्यापार विस्तार मात्र नभई नेपालभरीका कम्युनिटीमा कम्पनीले गरेको दीर्घकालीन लगानीको प्रतीक भएको बताए। उनले प्रत्येक टचपोइन्टमा गुणस्तर र विश्वासलाई प्राथमिकता दिने कम्पनीको प्रतिबद्धता दोहोर्याए।

बुटवल शोरुमको उद्घाटन कार्यक्रमको सफलतासँगै फोटोन मोटर्स नेपालले आफ्ना ग्राहक जहाँ छन्, त्यहीँ पुगेर उनीहरूको आवश्यकता सुन्ने र देशभरीको सेवा तथा विश्वसनीयताको स्तरलाई निरन्तर उकास्दै लैजाने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

सम्बन्धित समाचारहरू

नेपालकै लागि भनेर डिजाइन गरिएको फोटोन ‘टुनल्यान्ड जी७’ सार्बजनिक हुने तयारीमा

नेपालकै लागि भनेर डिजाइन गरिएको फोटोन ‘टुनल्यान्ड जी७’ सार्बजनिक हुने तयारीमा

काठमाडौं–फोटोनले नयाँ पिकअप ट्रक ‘टुनल्यान्ड जी७’ नेपाली बजारमा...

फोटोन र पियाजिओ मिलेर यूरोपेली बजारका लागी लाइट कमर्सियल ईभी बनाउने

फोटोन र पियाजिओ मिलेर यूरोपेली बजारका लागी लाइट कमर्सियल ईभी बनाउने

चीनको अग्रणी अटो निर्माता फोटोन र इटालियन ब्रान्ड पियाजिओ मिलेर यूरोपेली...

इटहरीमा फोटोनको नयाँ शोरुम

इटहरीमा फोटोनको नयाँ शोरुम

काठमाडौं – फोटोन मोटर्स नेपालले इटहरीमा आफ्नो नयाँ शोरूम विस्तार गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...