जेएसडब्लू एमजीको पहिलो प्लग–इन–हाइब्रिड कार आउँदै, १ हजार किमीसम्मको रेन्ज दिने दाबी

जेएसडब्ल्यू एमजी मोटर इन्डियाले भारतीय बजारमा आफ्नो पहिलो प्लग इन हाइब्रिड एसयूभी लन्च गर्ने तयारी गरेको छ। कम्पनीले नयाँ एसयूभीको टिजर भिडियो सार्वजनिक गर्दै जुलाई १६ मा यसको औपचारिक लन्च हुने पुष्टि गरेको हो।

रिपोर्टका अनुसार, नयाँ एसयूभीको नाम एमजी हेक्टर हक राखिन सक्ने सम्भावना छ। भारतीय बजारमा आउने एमजी हेक्टर हक विश्व बजारमा बिक्री भइरहेको वुलिङ स्टारलाइट ५६० मा आधारित हुने बताइएको छ। यसको लम्बाइ ४७४५ एमएम, चौडाइ १८५० एमएम, उचाइ १७५५ एमएम र ह्विलबेस २८१० एमएम हुनेछ।

यसमा १२.८ इन्चको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, लेभल २ एडास सिस्टम, वायरलेस स्मार्टफोन चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम, क्रुज कन्ट्रोल र प्रिमियम अपहोल्स्ट्री जस्ता फिचर उपलब्ध हुनेछ ।

नयाँ एमजी हेक्टर हकमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन, पावरफुल इलेक्ट्रिक मोटर र २०.५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक हुनेछ। यसको हाइब्रिड सिस्टमले १९७ बीएचपी पावर र २३९ एनएम टर्क उत्पादन गर्ने दाबी गरिएको छ।

कम्पनीका अनुसार सो एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल १० सेकेन्डमा लिन सक्नेछ । यसको अधिकतम गति १७० किलोमिटर प्रतिघण्टा हुनेछ। सो मोडलले फुल चार्ज र फुल पेट्रोल ट्याङ्कीमा १ हजार किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...