३ महिनामै २ पटक बढ्यो महिन्द्रा गाडीको मूल्य, यस्तो छ कारण

काठमाडौं–महिन्द्रा एन्ड महिन्द्राले आफ्ना प्यासेन्जर एसयूभी र इलेक्ट्रिक भेइकलको मूल्यमा वृद्धि गरेको छ । कम्पनीले आफ्ना उत्पादनहरूको मूल्यमा २.७ प्रतिशतसम्म बढाएको हो ।

उत्पादन लागत र कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण मूल्य समायोजन गर्नुपरेको कम्पनीले जनाएको छ ।

यस कार निर्माता कम्पनीले चालू वर्षमा मूल्य बढाएको यो दोस्रो पटक हो । यसअघि कम्पनीले गत अप्रिल महिनामा पनि गाडीहरूको मूल्य बढाएको थियो ।

कम्पनीले महिन्द्राको लोकप्रिय एसयूभी स्कर्पियो क्लासिकमा ३७ हजार भारु बढाएर १३ लाख ३७ हजार भारु पुर्याएको छ भने स्कर्पियो–एनको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन ।

त्यसैगरी, बोलेरो, थार र एक्सयूभी सिरिजमा समेत मूल्य बृद्धि गरिएको छ । सबैभन्दा ठूलो बृद्धि महिन्द्राको विद्युतीय एसयूभी एक्सईभी ९एसको वेस भेरिएन्टमा गरिएको छ । ७० हजार भारु बढेसंगै अब यो इभीको सुरुवाती मूल्य २०.६५ लाख रुपैयाँ पुगेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...