फरारीद्वारा १४ वर्षपछि म्यानुअल गियरबक्ससहितको सुपरकार लन्च

फरारीले १४ वर्षपछि पहिलो पटक सीमित संस्करणमा नयाँ १२ सिलिन्ड्री म्यानुअल मोडल लन्च गरेको छ । विश्वभरका सुपरकारमा अटोमेटिक गियरबक्सको प्रयोग सामान्य बन्दै गएको समयमा फरारीले भने सबैलाई आश्चर्यचकित पार्दै १४ वर्षपछि म्यानुअल गियरबक्सको अनुभव प्रदान गर्ने नयाँ सुपरकार ल्याएको हो । यस कदमलाई फरारीले केवल पुरानो सम्झना जगाउने प्रयास नभई चालक र कारबीचको वास्तविक सम्बन्धलाई पुनर्जीवित गर्ने उद्देश्यका रूपमा प्रस्तुत गरेको छ।

विगत दुई दशकमा अटोमेटिक र ड्युअल क्लच ट्रान्समिसनले गति, सुविधा र उत्कृष्ट परफर्मेन्सका कारण सुपरकार बजारमा प्रभुत्व जमाएको थियो। यही कारण अधिकांश कम्पनीहरूले म्यानुअल गियरबक्सलाई पूर्ण रूपमा हटाएका थिए। फरारीले पनि त्यही बाटो अपनाएको भए पनि अब भने शुद्ध ड्राइभिङ अनुभव खोज्ने ग्राहकलाई लक्षित गर्दै नयाँ प्रविधिसहित म्यानुअल अनुभव दिने सिस्टम विकास गरेको हो।

नयाँ फरारी १२ सिलिन्ड्री म्यानुअलमा परम्परागत म्यानुअल गियरबक्स प्रयोग गरिएको छैन। यसको सट्टा कम्पनीले आफ्नै म्यानुअल बाइ वायर सिस्टम विकास गरेको छ। यसमा गियर लिभर र क्लच पेडल त हुन्छ, तर तिनीहरू इलेक्ट्रोनिक कन्ट्रोल सिस्टममार्फत ८ स्पिड ड्युअल क्लच ट्रान्समिसन सञ्चालन गरिने छ । यसले चालकलाई म्यानुअल गियर परिवर्तनको वास्तविक अनुभूति दिलाउनेछ भने आवश्यक पर्दा अटोमेटिक मोडमा पनि सञ्चालन गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

कम्पनीले सो सुपरकार केवल १४९९ युनिट मात्र उत्पादन गर्नेछ। यो संख्या सन् १९४७ मा निर्माण गरिएको फरारीको पहिलो भी१२ इन्जिनको १४९९ सीसी क्षमताबाट प्रेरित भएको बताइएको छ। यो विशेष संस्करणमा फ्रन्ट इन्जिन भी–१२ ग्रान्ड टुरर र क्लासिक म्यानुअल ड्राइभिङ हुनेछ ।

सो सुपरकारमा ६.५ लिटर नेचुरली एस्पिरेटेड भी१२ इन्जिन जडान गरिएको छ, जसले ९५०० आरपीएममा ८३० हर्सपावर र ६७८ एनएमको टर्क उत्पादन गर्छ। सो सुपरकारले केवल २.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ । यसको टप स्पिड ३४० किलोमिटर प्रतिघण्टाभन्दा बढी रहेको छ।

सम्बन्धित समाचारहरू

गितारबाट प्रेरित ध्वनिसहित फरारीको पहिलो इलेक्ट्रिक कार

गितारबाट प्रेरित ध्वनिसहित फरारीको पहिलो इलेक्ट्रिक कार

फरारी अब आफ्नो पहिलो फुल इलेक्ट्रिक कार ल्याउन तयारीको अन्तिम चरणमा...

फरारी पनि इलेक्ट्रिक सेगमेन्टमा प्रवेश, पहिलो इलेक्ट्रिक कारको परीक्षण सुरु

फरारी पनि इलेक्ट्रिक सेगमेन्टमा प्रवेश, पहिलो इलेक्ट्रिक कारको परीक्षण सुरु

लक्जरी कार निर्माता कम्पनी फरारी पनि अब इलेक्ट्रिक सेगमेन्टमा प्रवेश...

फरारीको सबैभन्दा सस्तो स्पोर्ट्स कार ‘अमाल्फी’ लन्च

फरारीको सबैभन्दा सस्तो स्पोर्ट्स कार ‘अमाल्फी’ लन्च

इटालियन लक्जरी कार निर्माता फरारीले आफ्नो नयाँ स्पोर्ट्स कार ‘अमाल्फी’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...